बैशाख ६, २०८१ बिहीबार

‘लकडाउन’ : बालबालिकाको ख्याल गर्नुस्

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) का कारण एकान्तवासमा बस्दा बालबालिकाको बारेमा विशेष ध्यान दिन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ ।

घरभित्रै थुनिएर बस्नुपर्दा, लामो समय विद्यालय नजाँदा तथा कोरोना भाइरसको डरका कुरा धेरै हुँदा बालबालिकामा असर पर्न सक्ने भएकोले अभिभावकले बालबालिकाबारे ख्याल गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले लकडाउनको बेला घरमै बस्दा योजना बनाएर बालबालिकालाई खुशी राख्न पहल गर्नुपर्ने बताएको छ । आमाबाबुको लागि विभिन्न सुझाव दिँदै विश्व स्वास्थ्य सङ्गठनले बालबालिकासँग खेल्ने, गीत सुन्ने, नाच्ने लागयतका क्रियाकलाप गर्न सुझाव दिएको छ ।

त्यस्तै बालबालिकासँग मिलेर खाना पकाउने र व्यायमहरु गर्दा पनि बालबालिका खुशी हुने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । बालबालिकालाई निश्चित समय दिएर पढ्ने, चित्र कोर्ने जस्ता काममा पनि लगाउन सुझाव दिइएको छ । 

बालबालिकालाई कोरोना रोगको बारेमा जानकारी दिएर डराउनुपर्दैन तर हाम्रो व्यवहार सुधार गर्नुपर्छ भन्ने बुझाउन पनि विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ । विभिन्न खबरहरु हेर्दा तथा सुन्दा बालबालिकामा नकरात्मक असर पर्ने भएकोले उनीहरुका लागि आवश्यक सूचना मात्र दिएर हात धुने, मानिससँग दुरी कायम गर्ने जस्ता व्यवहार सिकाउनुपर्ने बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले हरेक दिनको योजना बनाएर बालबालिकालाई समय दिन, सकारात्मक रहन, घरमा धेरै डराएको कुराकानी तथा व्यवहार नगर्न, खराब व्यवहारहरुबाट टाढा रहन, तनाव व्यवस्थापन गर्न र कोरोनाबारेमा जानकारी दिन सुझाव दिएको छ । यो समयलाई आफ्नो र आफ्ना बालबालिकाको फाइदामा प्रयोग गर्न विश्व स्वास्थ्य सङ्गठनले भनेको छ ।

प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]