बैशाख ८, २०८१ शनिबार

झापामा २२ मुलुकबाट आए ५६९ जना

झापामा २२ वटा मुलुकबाट ५ सय ६९ जना घर आएको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह र टोल विकास संस्थाको सहयोगमा लगत सङ्कलन गर्दा विदेशबाट झापा आएकाको पहिचान भएको हो। कोरोनाभाइरसको सङ्क्रमण फैलिएका मुलुकबाट उनीहरु झापा फर्किएका हुन्।

विगत १५ दिनभित्र नेपाल प्रवेश गरेका ५ सय ६९ जनामध्ये ९८ जनालाई मेचीनगर, अर्जुनधारा, भद्रपुर, विर्तामोड र दमक नगरपालिकामा स्थापना गरिएको क्वारेन्टिनमा राखिएको छ। विदेशबाट आएका ४६८ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। जसमध्ये ३ जनालाई मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका फोकल पर्सन कुलबहादुर पौडेलले बताए।

उनका अनुसार सबैभन्दा बढी भारतबाट ३११, दुबईबाट ११५ र कतारबाट ७८ झापा आएका छन्। साउदी अरब र अस्ट्रेलियाबाट नौ–नौ जना, मलेसियाबाट सात, बहराइन र हङकङबाट पाँच–पाँच जना झापामा आएका छन्।

सङ्क्रमणको जोखिम मोल्दै फ्रान्स, इटाली, कोरिया, रोमानिया, बाङ्लादेश, जापान, अमेरिका लगायत २२ देशबाट नेपालीहरु झापामा आएका हुन्।

प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]