बैशाख ११, २०८१ मंगलबार

झापा समाज बेल्जियमद्वारा १ लाख ५० हजार सहयोग

भद्रपुर । झापा समाज बेल्जियमले भद्रपुर नगर पालिकाको विपद् व्यवस्थापन कोषमा १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

भद्रपुर नगरपालिकाको विपद व्यवस्थापन समितिद्वारा आज आयोजित बैठकमा समाजका झापा फोकल पर्सन तथा भद्रपुर नगरपालिकाको उपप्रमुख चन्द्रमाया श्रेष्ठले नगदै १ लाख ५० हजार रुपैया नगर प्रमुख जीवन कुमार श्रेष्ठलाई प्रदान गर्नु भयो । नगर प्रमुख श्रेष्ठले सो रकम प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको थियो ।

समाजका अध्यक्ष प्रविण भण्डारी र महासचिव भेषराज श्रेष्ठको अगुवाईमा समाजले संकलन गरेको सो रकम कोरना भाइरसका कारण विपदमा परेका झापाली जनसूहलाई राहत प्याकेज प्रदान गर्ने उद्देश्यले विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको फोकल पर्सन तथा उपप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले आफूले पाउँदै आएको एक महिनाको रु ३० हजार रुपैयाँ विपद् व्यवस्थापन कोषमा प्रदान गरिने जानकारी गराउनु भयो ।

नगर प्रमुख श्रेष्ठले विपदको समयमा भद्रपुरबासीको रक्षार्थ सहयोगको यो रकम सही ढंगले वितरण गरिने जानकारी गराउनु हुँदै दाता झापा समाज बेल्जियमलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार  ५ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]