बैशाख ८, २०८१ शनिबार

मेची अस्पताललाई १० थान पीपीइ

भद्रपुर । मुना चियाले मेची अञ्चल अस्पताललाई १० थान पीपीइ सहयोग गरेको छ ।
मेची अञ्चल अस्पतालको प्रशासनिक भवनमा आज मुना चिया सञ्चालक महेशकुमार मित्तलले आफ्ना पिता पुर्खा सत्यनारायण, मोहनलाल अग्रवालको स्मृतिमा उक्त सामग्री हस्तान्तरण गरेको हो ।

झापाका स्थापित उद्योगी मित्तलले प्रदान गर्नु भएको १० थान पीपीइ राष्ट्रसंघले सिफारिस गरेको र नेपाली सेनाले प्रयोग गर्ने गरेको अत्याधुनिक रहेको मेची अञ्चल अस्पतालका मेसु पिताम्बर ठाकुरले बताउनु भयो । सो पीपीइ सेटमा ३ गाउनसहित ९ प्रकारका सामग्री रहेको बताउनु भयो ।

उद्योगी मित्तलले २ लाख बराबरको उक्त सामग्री कोरना भाइरस विरुद्धको अभियानमा पहिलो पंक्तिमा उभिएका स्वास्थ्यकर्मीहरुको लागि भएको बताउनुभयो । जनताको स्वास्थ्य बचाउने महान कार्यमा जुट्नु भएका स्वास्थ्यकर्मीहरुको जीवन रक्षाको दायित्व आफ्नो पनि रहेको उहाँले बताउनुभयो

प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार  ५ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]