बिर्तामोडमा किन घुम्यो हेलिकप्टर ?
बिर्तामोड । कोरोना महामारीले आम नागरिक त्रसित भइरहेको बेला बिर्तामोडमा हेलिकप्टरले फन्को मारेको छ ।
बिर्तामोडलाई केन्द्र बनाएर हेलिकप्टरले २/३ फन्को लगाएपछि यहाँका बासिन्दा त्रसित भए । हेलिकप्टर केहि बेरअघि बिर्तामोडस्थित विएण्डसी अस्पतालमा अवतरण गरेपछि झनै डर पैदा भएको थियो ।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार पाँचथरको फिदिम नगरपालिका वडा नं. – ५ का वडाध्यक्ष लिला बहादुर तुम्बापोलाई उपचारका लागि हेलिकप्टर च्याटर गरि विएण्डसी ल्याइएको इजलाससित बताए । उनका अनुसार वडाध्यक्ष तुम्वापो अकास्मात बेहोस भएपछि अस्पताल ल्याइएको हो । उनको अहिले आइसीयूमा राखेर उपचार भइरहेको छ । रक्तअल्पता (इन्टरनल ब्लिडिङ) को समस्या देखिएको गिरीले जानकारी दिए ।
