बैशाख ८, २०८१ शनिबार

आज संक्रमण पुष्टि भएकी बृद्धा , तेस्रो संक्रमित युवतीकी आफन्त

काठमाडौं । नेपालको छैटौं कोरोना भाइरस ९कोभिड–१९० संक्रमित बागलुङकी ६५ वर्षीया बृद्धा भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् ।

अहिले संक्रमण पुष्टि भएकी बृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया युवतीकी आफन्त हुन् । दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एक दिन आफन्तकहाँ बसेर उनीहरु दुबै जितमा बाग्लुङ पुगेका थिए । ‘घरमा आएपछि सामान्य भेटघाट गर्नु भएको रहेछ । सँगै आएकी युवतीमा संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेकी थिइन्’ एक अधिकारीले भने ।

बागलुङ अस्पताल स्रोतकाअनुसार उनलाई दमको समस्या थियो । तर बेल्जियमबाट फर्किएपछि कोरोना संक्रमणको कुनै लक्षण पनि देखिएको थिएन ।

तर संक्रमण देखिएपछि होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको छ ।
नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखियो । संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया युवतीको पोजेटिभ रिपोर्ट आयो ।

त्यसको चार दिनपछि उनीहरुसँगै आएकी ६५ वर्षीया बृद्धामा पनि संक्रमण भएको पाइएको छ ।

प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]