बैशाख ७, २०८१ शुक्रबार

दक्षिण सीमाबाट झापा प्रवेश गरेका १४ नेपालीको भागाभाग, चार घण्टापछि नियन्त्रणमा लिई क्वारेन्टाइन पठाइयो

प्रदीप परियार

बिर्तामोड । झापाको दक्षिण सीमा प्रयोग गरी अनाधिकृत रुपमा नेपाल प्रवेश गरेका १४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । आज दिउँसो झापा गाउँपालिका–१ सालमारा कुवाडी नाका क्षेत्रबाट उनीहरु नेपाल प्रवेश गरेका थिए ।

भारतको विभिन्न स्थानमा मजदुरी गरिरहेका नेपाली युवाहरु भारतमा बाँच्नै गाह्रो भएपछि नेपाल प्रवेश गरेको नेपालस्थित सुरक्षा निकायका अधिकारहरुलाई जानकारी गराएका थिए । नेपाल सरकारले बोर्डर शिल गरेपछि उनीहरु लुकिछिपी नेपाल प्रवेश गरेका हुन् । नेपाल प्रवेश गर्नासाथ मकैबारी–मकैबारी भागेका उनीहरुलाई स्थानीय सुरक्षा निकाय र स्वयमसेवकले नियन्त्रणमा लिएको स्वयमसेवक रुपकराज रावंशीले जानकारी दिए ।

उनका अनुसार नेपाल प्रवेश अहिलेका लागि अनाधिकृत हुने कुरा बुझेपछि उनीहरु भागेर घर जान खोजी रहेका थिए । राजवंशीले भने, झण्डै ४ घण्टापछि नियन्त्रणमा लिइयो । भाग्नु सुरक्षा होइन, राजवंशीले भने – संक्रमित नै हुनु पर्दैन बाहिरबाट आएपछि सुरक्षाका लागि पनि क्वारेन्टाइन बस्नै पर्छ । लगातार ४ घण्टा भागेका उनीहरु १२ जना झापा र २ जना कैलालीका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार उनीहरु सबैलाई क्वारेन्टाइनमा राख्ने गरी स्थानीय तहहरुलाई जिम्मा लगाएर पठाइएको छ । तत्कालै स्वास्थ्य परीक्षण गरी नेकपाका झापा गाउँपालिकाका अगुवा रुद्र बजगाईको समन्वयमा अन्य पालिकालाई जिम्मा लगाईएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । त्यसरी नेपाल प्रवेश गर्नेहरुमा कनकाई, हल्दिवारी , मेचीनगर, अर्जुनधारा, शिवसताक्षी र कैलालीको रहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]