जेष्ठ १२, २०८२ आईतबार

छ महिना लकडाउन भएपनि इटहरीबासीलाई भोकै राख्दिन : मेयर चौधरी

इटहरी । इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले छ महिना लकडाउन भएपनि इटहरीवासीलाई भोकभोकै हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रमुख चौधरीले भन्नुभयो “म इटहरीको मेयरको हैसियतले भन्छु– छ महिनासम्म लकडाउन भएपनि हामी खाद्य आपूर्ती गर्न सक्षम छौ, कोही भोकै मर्ने वाला छैन ।” नगरवासीलाई भोकभोकै हुन नदिन उपमहानगर आवश्यक राहत जुटाउन लागिपरेको उहाँले बताउनुभयो ।

त्यसका लागि उद्यमी,व्यवसायी,बंैक,सहकारी लगायत नागरिक समूदायलाई सहयोगका लागि आग्रह गरिएको मेयर चौधरीले बताउनुभयो । मेयर चौधरीका अनुसार इटहरीमा ४० हजार घर परिवार मध्ये १५ हजारसम्म घरपरिवार दैनिक ज्यालादारी गरेर गुजारा चलाउने छन् । उनीहरु दिनभर श्रम गरेर त्यसबाट प्राप्त ज्यालाबाट बेलुका छाक टार्ने गर्छन् । ती जनतालाई भोकभोकै हुन नदिन उपमहानगरको आकस्मिक कार्यपालिका बैठकले सबै वडाहरुमा राहत वितरण गर्न थालिएको छ ।

अहिले सबै वडामा राहत वितरण जारी छ । वडामा समेत सर्वपक्षीय बैठक बसेर राहत वितरणलाई थप ब्यवस्थित गरिने भएको छ । यसैबिच नगरप्रमुख चौधरीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको छ । नेपाल बैंक इटहरीमा रहेको कोषको खाता नम्वर ०५९०३ आठ ओटा शून्य ५००४०० मा रकम सहयोगका लागि आग्रह गरिएको छ । इटहरी उपमहानगरले ८० लाख जम्मा गरि कोष खडा गरेको हो ।

प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]