बैशाख ८, २०८१ शनिबार

पाँचथरले गुमायो कुशल सेवक, आजै छोरीको जन्म

पाँचथर । फिदिम नगरपालिका ५ का वडाध्यक्ष लिलाराज तुम्वापोको निधन भएको छ । झापाको बी एण्ड सी अस्पतालमा उपचाररत ३३ वर्षका तुम्वापोको शुक्रबार निधन भएको हो ।

केही समयदेखि ब्लड क्यान्सरको समस्यासँग जुझिरहनुभएका तुम्वापो बिरामी परेपछि बिहीबार हेलिकप्टरबाट थप उपचारका लागि उहाँलाई झापा लगिएको थियो । उहाँलाई पछिल्लो एक सातादेखि बिरामले बढीनै सताएको थियो ।

राष्ट्रिय युवा संघ पाँचथरका सहसंयोजक समेत रहनुभएका युवा नेता तुम्वापो फिदिम ५ चोकमागु गैरिगाउँ भन्ने ठाउँका स्थायी बासिन्दा हुनुहुन्थ्यो ।

वडाध्यक्ष तुम्वापोको निधन भएकै दिन उहाँको श्रीमतीले दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिनुभएको छ । बिहान ३ बजेको समयमा छोरीको जन्म भएको आफन्त इन्दिरा तुम्बापोले जानकारी दिनुभयो । उहाँको परिवारमा अब दुई छोरीहरु भएका छन् । स्वर्गीय तुम्बापो तात्कालिन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको निधनले पाँचथरबासीले कुशल सेवक गुमाएका छन् ।

प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार  ३ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]