बैशाख २९, २०८१ शनिबार

झापाका स्थानीय तहले बनाएको क्वारेन्टाइनमा ४०७ बेड खाली, होम क्वारेन्टाइनमा ८३२ जना

बिर्तामोड । झापाको क्वारेन्टाइनमा ४ सय ७ बेड खाली छ । १५ वटा स्थानीय तहमा निर्माण गरिएको २० वटा क्वारेन्टाइनमा ४ सय ८७ बेड राखिएको छ । जहाँ हाल ८० जना मात्रै बसेका छन् ।

झापा जिल्ला आएका धेरैजसो होम क्वारेन्टाइन मै सुरक्षित बसेपछि क्वारेन्टाइनको पुरा सदुपयोग भइरहेको छैन । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार क्वारेन्टाइनबाट १० जना घर फर्किएका छन् । प्रमुख पोर्तेलले ८ सय ३२ जना होम क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् । त्यसमा १ सय ४३ जना महिला छन् भने ६ सय ८९ जना पुरुष रहेका छन् । होम क्वारेन्टाइनमा बस्ने सबैभन्दा बढि मेचीनगरमा छन् भने सबैभन्दा कम कचनकवलमा रहेका छन् ।

झापाको क्वारेन्टाइनमा बस्नेहरु भारतबाट फर्किनेको संख्या धेरै छ । यस्तै जिल्ला समन्वय समिति झापाले तयार गरेको सूचनामा हवाइमार्गबाट आउनेको संख्या अन्य मार्गभन्दा धेरै देखिएको छ ।

प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]