बैशाख १३, २०८१ बिहीबार

जनताको सुरक्षाको लागि प्रदेश सरकारको सामर्थ्यभन्दा उच्चस्तरको तयारी गरेका छौं : मन्त्री कार्की

बिर्तामोड । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कोरोना संक्रमणबाट जनताको सुरक्षाका लागि प्रदेश सरकारको सामथ्र्यभन्दा उच्च स्तरको तयारी गरेको बताउनु भएको छ । उहाँले सरकारले घोषणा गरेको लकडाउनलाई पूर्ण पालना गरी संयमित भई घरमै बसेमा कोरोनालाई परास्त गरिने पनि बताउनु भयो ।

रेडियो भिजनसँग कुरा गर्दै मन्त्री कार्कीले प्रदेश १ मा ३ हजारलाई क्वारेन्टाइनमा राख्न सकिने र दैनिक १ सयको उपचार गर्ने व्यवस्था गरिसकेको जानकारी दिनुभयो । सुरक्षा निकायसँगको समन्वयमा झापा, मोरङ,सुनसरी र उदयपुरमा ३५ सय क्षमताको क्वारेन्टाइन निर्माण गरिसकेको उहाँको भनाई छ । क्वारेन्टाइन निर्माणमा नेपाली सेनाको अगुवा रहेको मन्त्री कार्कीले बताउनुभएको छ ।

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले यहाँ पनि जोखिम बढ्दै गएकोले आवश्यक सतर्कता अपनाइएको बताउनुभयो । उहाँले प्रदेशमा ५० बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइसकेको र अब परीक्षणको दर बढाउन काम भइरहको जानकारी दिनुभयो । अहिले धरानमा दैनिक १२ जनाको परीक्षण भइरहेको छ, त्यसलाई बढाएर ५० पुर्याउने तयारी गर्दैछौं ।

सीमा क्षेत्रको जोखिमबारे चिन्तित हुँदै मन्त्री कार्कीले भन्नुभयो, – बोर्डर शिल छ । तर, नेपाली नै आएपछि आफ्नो देश प्रवेशमा रोक लगाउन सकिदैन । सकिन्छ भने भने जहाँ हुनुहुन्छ , त्यहि बस्न आग्रह गर्छौं । तर, आउनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्नेछौं । त्यसको लागि सुरक्षा निकायलाई हेर्न निर्देशन दिइएको छ ।

कोरोना संक्रमण रोक्न अहोरात्र काम गर्ने सुरक्षा निकाय, स्वास्थ्यकर्मी र सरोकारवालाको स्वास्थ्य सुरक्षाको लागि समेत आवश्यक व्यवस्था गरेको बताउनु भयो । उहाँले सुरक्षाका लागि विशेष ख्याल गरेको बताउनु भएको छ । यस्तै, मन्त्री कार्कीले आम नागरिकलाई कोरोना लिन गएमा मात्र संक्रमित हुने भन्दै घरमै सुरक्षित हुन आग्रह गर्नुभएको छ । घर बारिह निस्केर कोरोना ल्याउने काम नगरौं, घरमै सुरक्षित बसौं – उहाँले भन्नुभयो ।

सबैको प्रयासबाट कोरोना परास्त गरिने भन्दै मन्त्री कार्कीले प्रदेशवासी जनतालाई खाद्यन्नको चिन्ता नलिन आग्रह गर्नुभएको छ । श्रमजीवि वर्ग साथै विपन्न परिवारको लागि रातह वितरणमा कुनै समस्या नहुने बताउनुभयो । स्थानीय सरकारबाटै त्यसको व्यवस्था हुनेछ, स्थानीय तहबाट पनि संभव नभए प्रदेशले आफै व्यवस्थापन मिलाउनेछ, – मन्त्री कार्कीले भन्नुभयो ।

प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]