बैशाख १३, २०८१ बिहीबार

बाँचिएछ भने पछि धन कमाउला भन्दै कार्कीद्वारा ५० हजार राहतको घोषणा

बिर्तामोड । झापा बिर्तामोड–५ का राजकुमार कार्कीले गरिव तथा विपन्नलाई खाद्यन्न व्यवस्था गर्न व्यक्तिगत रुपमा ५० हजार सहयोगको घोषणा गरेका छन् ।

उनले लकडाउनका कारण गरिव, विपन्नको परिवारमा खाद्य अभाव हुने भन्दै सहयोगका लागि उक्त राहत रकम घोषणा हुन् । सामाजिक सञ्जाल मार्फत रातहको घोषणा गरेका कार्कीले बिर्तामोड नगर क्षेत्रका विपन्न परिवारलाई राहत उपलब्ध गराउन अपिल समेत गरेका छन् ।

उनले सरकारको तर्फबाट मात्रै सबै कुरा संभव नहुने भएकाले नागरिकको तहबाट पनि अहिले सहयोगको खाँचो भएको बताएका छन् । अहिले जाति, पार्टी र धर्मलाई छोडेर विपद्मा साथ दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, – ‘बाँचिएछ भने पछि राजनीति गरौंला र धन कमाउँला ।’

प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार  ५ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]