बैशाख १४, २०८१ शुक्रबार

चिया मजदुर भेडाबाख्रा होइन, काममा नलगाउ : अध्यक्ष भुजेल

बिर्तामोड । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलले चिया मजदुर भेडाबाख्रा नभएको बताएका छन् । उनले लकडाउन भइरहेको परिस्थितिमा गरिव , विपन्न मजदुरलाई चिया बगाउनमा काम गराउनु सरासर गलत भएको बताए ।

बुद्धशान्ति क्षेत्रमा रहेको बर्ने चिया बगानले धमाधम चिया मजदुरलाई चिया टिप्न पठाएपछि बगान मै पुगेर मजदुरलाई घरमै सुरक्षित बस्न आग्रह गरेका छन् । उनले बगानका मालिक घरमा सुरक्षित बसेर मजदुरलाई बगानमा काम लगाउनु अमानवीय भएको प्रतिक्रिया दिएका छन् । मजदुर परिवारमा संकट भए त्यसको व्यवस्थापन बगान मालिकले नै गर्नुपर्ने अध्यक्ष भुजेलले बताएका छन् ।

उनले सबै नागरिकको जीवन उत्तिकै महत्वपूर्ण भएको भन्दै धनिलाई मात्र लकडाउन नलगाएको इजलाससित बताए । भजुलले भने, चिया कम्पनिले मासिक वा दैनिक तलव कसरी व्यवस्थापन गर्दै थियो, त्यसरी नै व्यवस्था गरेर मजदुरको सुरक्षा गर्नुपर्ने जिकिर गरेका छन् । उनले चियाको मुना भन्दा मानव जीवन महत्वपूर्ण भएको ख्याल गर्न बगान मालिकलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार  १२ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]