जेष्ठ ४, २०८१ शुक्रबार

यहि महिना विदेशबाट आएका सबैको कोरोना परीक्षण गर्ने

काठमाडौं । चैत महिनामा विदेशबाट आएका सबैको कोरोना परीक्षण गरिने भएको छ । कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना संक्रमण देखिएका व्यक्तिका नजिकका व्यक्तिहरुको पनि परीक्षण गर्ने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले चैत महिनामा नेपाल प्रवेश गरेका सबैको, अहिले कोरोना संक्रमितका आफन्त र परिवारका सदस्य सबैको कोरोना परीक्षणको तयारी गरिएको र त्यसका लागि टोली परिचालन गरिएको बताए ।

चैत महिनमा प्रवेश गरेका र सम्पर्कमा रहेका व्यक्तिको द्रुत गतिबाट परीक्षण गरिनेछ । पोजेटिभ देखिए पीसीआर प्रविधिबाट पुनः परीक्षण गरिने भएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले मातहतका निकायलाई यस्तो निर्देशन दिएको हो ।

प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार  ४ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]