चैत्र १५, २०८० बिहीबार

दुई नक्कली चिकित्सकलाई क्वारेन्टाइन पठाइयो, काठमाडौंदेखिको ठगि झापामा पत्ता लाग्यो

झापा – इलाका प्रहरी कार्यालय काँकडभिट्टाले चिकित्सकको परिचय पत्र बोकेर काठमाण्डौबाट झापा आएका दुई युवालाई आइतबार बिहान नियन्त्रणमा लिएको छ । 

प्रहरीले नियन्त्रणमा लिएकामा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा  धरान हुँदै आइतबार बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताएका उनीहरुमध्ये एक जनाले डा विनोद श्रेष्ठ नामको नक्कली परिचय पत्र बोकेका थिए ।

काठमाण्डौदेखि चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा आइपुगेका उनीहरुलाई प्रहरीले मेडिकल काउन्सिलको दर्ता नम्बरसमेत माग्दै सोधपुछ गरेपछि नक्कली चिकित्सक भन्ने खुलेको थियो ।

दुवै जनालाई प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वरेण्टीनमा पठाउने भएको छ भने उनीहरुले प्रयोग गरेको कार प्रहरी कार्यालयमै राखिएको छ ।  

प्रहरी उपरीक्षक कोइरालाले नियन्त्रणमा लिइएका दुवै लागू औषधको खोजीमाआइपुगेको आशङ्का गरिएको बताउनुभएको छ ।

प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार  ५ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]