जेष्ठ ८, २०८१ मंगलबार

कोभिड -१९ : नेपालमा १४० जना रेड जोनमा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १५२९ जनाको कोभिड–१९ परीक्षण भएको जानकारी दिएको छ । यसमध्ये ९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने १ जना निको भएर घर फर्किसकेका छन् ।

यस्तै, हाल काठमाडौँमा १२ तथा काठमाडौँबाहिर १०२ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सम्भावित संक्रमितको सूची ‘रेड जोन’ मा कूल १४० जनालाई राखिएको पनि जानकारी दिए । यता, खरिपाटीको क्वारेन्टाइनमा रहेका ९४ जनाको परीक्षण गर्दा नतिजा नेगेटिभ आएको पनि डा. देवकोटाले जानकारी दिए ।

डा. देवकोटाका अनुसार उपत्यकाबाहिर ७ स्थानमा कोभिड–१९ को परीक्षण सुरु भएको छ । चितवन, धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षणहरु भइरहेका छन् । बुटवलमा पनि चाँडै सुरु गरिने डा. देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार  ५ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]