बैशाख २६, २०८२ शुक्रबार

बेलायती डाक्टरसँग कोभिड–१९ का बारेमा छलफल

इटहरी । इटहरी रेप्सिनको मुख्य आयोजना र इटहरी उपमहानगरपालिका तथा इटहरी अस्पतालको समन्वयमा स्वास्थ्यकर्मीहरुबिच कोभिड– १९ सम्वन्धी भिडियो कन्फ्रेन्समा छलफल भएको छ ।

बेलायती र नेपाली चिकित्सक तथा विज्ञहरुले नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई शनिवार कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार सम्वन्धि प्रशिक्षण दिएको कन्फेरेन्स आयोजक समितिको सदस्य सचिव तथा ईटहरी अस्पतालको इमरजेन्सी इन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।

इटहरी उपमहानगरपालिकाको प्रमुख द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यता, उपप्रमुख लक्ष्मी गौतमको विशेष आतिथ्यता र रेप्सिन ईटहरीको संयोजक राजु केसिको अध्यक्षतामा आयोजित सम्मेलनमा नेपाल भरिका ८० जना स्वास्थ्यकर्मीहरुले सहभागिता जनाएका थिए ।

सम्मेलनमा वेलायतका इमर्जेन्सी मेडिसिनका प्राडा प्रकाश सुवेदी, डा. नुसाद खान, डा. जि एलिट, डा. प्रकाश रिजाल, डा. दिलिप यादव, भद्रि सुवेदी लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । कोभिड– १९ को महामारी को यो विषम परिस्थितिमा प्रविधिको प्रयोग गरि नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई कोभिड– १९ को विषयमा सिकाई आदानप्रदान र प्रशिक्षित गरेको सम्भवत नेपालमा पहिलो पटक भएको धमलाले बताए ।

प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार  ५ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]