बैशाख १३, २०८१ बिहीबार

लकडाउनको पालना गरौं : राजनीतिक दल

विराटनगर । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्न चार बुँदे निर्णय गरेका छन् ।

बैठक बसी राजनीतिक दलले लकडाउनबाट उत्पन्न परिस्थितिबारे चार बुँदे निर्णय गरेका हुन् । जसमा सरकारी अस्पताल, मेडिकल कलेज र अन्य अस्पतालहरुबाट प्राप्त हुने स्वास्थ्य सेवालाई नियमित रुपमा संचालन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने र अस्पतालहरुलाई पनि सर्वसाधारण जनताको उपचारका निम्ति संचालन गर्न अनुरोध गर्ने, लकडाउनका कारण उत्पन्न हुन सक्ने अत्यावश्यक खाद्यान्न सामग्री, तरकारी, खाना पकाउने इन्धनलगायत सामग्रीको उपलब्धता र निम्न आय भएका, आधारभूत जनता र लकडाउनका कारण समस्यामा परेकालाई राहत वितरणमा एकरुपता कायम गर्न स्थानीय प्रशासन, स्थानीय तह (वडा स्तरसम्म) नेतृत्वमा राजनीतिक समयन्त्रमार्फत राहत वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

यसैगरी कोरोना भाईरसको संक्रमणलाई रोक्न सरकारले हाल लगाएको लकडाउनमा समेत केही मानिसहरु साँझको समय बिना उद्देश्य हिंडडुल गर्ने तथा लकडाउन उल्लंघन गरेको पाइएकोले लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन सरकारलाई अनुरोध गर्ने र प्रदेशवासी जनतालाई सबै राजनीतिक दलहरुले अपिल गर्ने निर्णय गरेका छन् ।
प्रदेशस्तर, जिल्लास्तर र स्थानीय तहमा संचालित क्वारेन्टाईन, आईसोलेटेड अस्पतालहरु, कोरोना विशेष अस्पतालहरुमा भएका काम कारवाहीहरुको नियमित अनुगमनका लागि प्रदेश सरकारले व्यवस्थापन गर्ने त्यस्तो अुनगमनबाट प्राप्त सूचनाहरुको विश्लेषण गरी सरकारलाई पृष्ठपोषण गर्ने दलको निर्णय छ ।

बैठकपछि दलको तर्फबाट नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, डिग बहादुर लिम्बू सभापति नेपाली कांग्रेस मोरङ र राजीव कोइराला प्रमुख विपक्षी कांग्रेस, राप्रपाका प्रदेश अध्यक्ष राम थापा, अशोक चेम्जोङ महासचिव संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राजकुमार यादव उपाध्यक्ष समाजवाद िपार्टी प्रदेश उपाध्यक्षले संयुक्त हस्ताक्षर गरी विज्ञप्ती जारी गर्नु भएको हो ।

प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार  ६ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]