बैशाख ८, २०८१ शनिबार

आज मन्त्रिपरिषद् बैठक, लकडाउन थप्न सक्ने

काठमाडौं– दुई सातादेखि जारी लकडाउन थप गर्ने विषयमा छलफल गर्न सोमबार मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

सोमबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थप गर्ने निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ । मन्त्रिपरिषद् बैठक अगाडि कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि बनेको सङ्कट व्यवस्थान केन्द्र (सिसिएमसी) बैठक बस्नेछ ।

सरकारले नेपालमा कोरोनाको महामाारीबाट जोगिन चैत ११ गते पहिलोपटक सात दिनका लागि लकडाउन घोषणा गरेको थियो । दोस्रोपटक चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले पुनः दोस्रोपटक लकडाउनको अवधि थप सात दिन लम्ब्याएको थियो ।

कोरोना महामारीको संक्रमण स्थानीय व्यक्तिमा पनि सरेपछि थप सजगता अपनाउन शनिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशबाट प्रदेश, जिल्लाबाट जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवागमनमा समेत कडाई गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार  ९ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]