बैशाख १५, २०८१ शनिबार

संक्रमित १२ राष्ट्रबाट ९६६ जना झापा फर्किए

बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) संक्रमित १२ राष्ट्रबाट ९ सय ६६ जना व्यक्ति झापा आएका छन् ।

जिल्ला समन्वय समिति झापाले तयार गरेको तथ्याङकमा आइतवार साँझसम्म सो संख्यामा झापा आएको उल्लेख छ । त्यसमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् । भारतबाट ४ सय ८९ , दुवईबाट १ सय ९६ , कतारबाट १०७, मलेसियाबाट ३३, साउदी अरव ३१ , अष्ट्रेलिया १५, यूएस १५, बहराइन १४, कुवेत १४, दक्षिण कोरिया ९, हङकङ ६ र जापानबाट ६ जना नेपाली नागरिक झापा आएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

उनका अनुसार यसमध्ये भारतबाट मेचीनगरमा आउनेको संख्या उच्च छ । यसमध्ये होम क्वारेन्टाइनमा बस्नेको संख्या बढि देखिएको छ ।

प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार  १० : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]