चैत्र १६, २०८० शुक्रबार

वैशाख ३ गतेसम्मलाई लकडाउन थपियो

काठमाडौँ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गर्ने भएको छ । कोरोनाका संक्रमित व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो ।

यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको संख्या थपिँदै गएपछि दोस्रोपटक पुनः चैत २५ गतेसम्म थपेको थियो । त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय वैशाख ३ गतेसम्मको लागि थप्ने निर्णय गरेको हो । सरकारले लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । तर खाद्यान्‍न तथा अत्यावश्यक वस्तु र ठूला आयोजना सञ्‍चालन गर्न भने दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार  ४ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]