जेष्ठ ८, २०८१ मंगलबार

प्रदेश १ मा ८५ जनाको रिर्पोट नेगेटिभ, क्वारेन्टाइनमा बस्नेको संख्या बढ्यो

विराटनगर । प्रदेश १ मा वेड संख्यासँगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ ।

मंगलबार क्रोन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइन स्थल संख्या २ सय ५१ रहेकोमा मंगलबार तीनवटा थप भई २ सय ५४ पुगेको छ ।

क्वारेन्टाइनमा बस्नेको संख्या पनि थप भएको छ । सरकारले तोकेका केन्द्रहरुमा मंगलबारसम्म जम्मा २ हजार ८ सय ८५ जना क्वारेनटाइनमा बसेका छन् । सोमबार यो संख्या २ हजार ८ सय ४७ जना थियो । मंगलबार २ महिला र ३८ पुरुष क्वारेन्टाइनमा थप भएका हुन् ।

आइसोलेसनमा बसेका २१ जना डिस्चार्ज भएका छन् । सोमबार डिस्चार्ज हुने संख्या ११ थियो । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।

प्रदेश १ मा हालसम्म ९० जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये ८५ जनाको रिर्पोट नेगेटिभ आएको छ । स्वाब परीक्षण गर्न स्वाब पठाइएकामा २० महिला र ७० पुरुष छन् ।

प्रकाशित मिति : चैत्र २५, २०७६ मंगलबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]