बैशाख १४, २०८१ शुक्रबार

अर्जुनधारामा पहिलो चरणको राहत वितरण सकियो, १६ सय ५० परिवारलाई ११ लाखको राहत

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले विपन्न तथा गरिव परिवारलाई ११ लाख ४१ हजार रुपैयाँ मुल्यको राहत सामग्री प्रदान गरेको छ ।

नगरपालिकाले पहिलो चरणमा अति विपन्न वर्गका परिवारका १ हजार ६ सय ५० जनालाई राहत प्रदान गरेको हो । नगरका ११ वटै वडाका १ सय ५० जनाका दरले छनौट गरी राहत प्रदान गरिएको नगरप्रमुख हरिकुमार रानाले बताए । भोकले कोही पनि नमरुन् भन्ने उद्देश्यले राहत बाँडिएको बताउँदै नगरप्रमुख रानाले नगरपालिकाले प्रत्येक परिवारलाई चामल, दाल, नुन, साबुन र तेल लगायतका खाद्य सामग्री प्रदान गरेको जानकारी दिए ।

‘कतिपय वडामा १ सय ५० भन्दा बढी बिपन्नको विवरण तयार भएको रहेछ, नगरप्रमुख रानाले भने–‘त्यस्तो ठाउँमा दैविप्रकोप उद्दार कोषको रकमबाट पनि सामग्री खरिद गरेर वितरण गरिएको छ ।’ उनले सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ को उपदफा १ को घ ३ बमोजिम बिषेश ब्यवस्थापनलाई मध्यनजर गरी सामग्री खरिद गरिएको बताए ।

नगरले पहिलो चरणको खाद्यान्न वितरण सकिएको बताउँदै नगर प्रमुख रानाले अवस्था हेरी दोस्रो चरणको तयारी थाल्ने जानकारी दिए । अहिले नगरलाई विभिन्न संघसंस्था तथा व्यक्तिबाट राहत सामग्री उपलब्ध भइरहेको बताउँदै उनले एकद्वार प्रणालीको नीतिबाट नगरले खाद्यान्न वितरण गर्ने गरिएको जानकारी दिए ।

नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले कोभिड १९ को संक्रमणबाट बच्नका लागि स्वास्थ्य शाखाले १२ बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याइसकेको जानकारी दिए । उक्त क्वारेन्टाइनमा अहिले ५ जना व्यक्ति रहेको बताइएको छ ।

त्यस्तै, शनिश्चरे माविमा ५० बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको उनको भनाइ छ । उनले अन्य रोगबाट नगरबासी ग्रसित हुन नपरोस् भनेर नगरका ५ स्थानमा फिभर क्लिनिक सञ्चालनमा ल्याइएको पनि जानकारी दिए ।

नगरकी प्रवक्ता सकुन्तला बरालले लकडाउन सुरु भएयता नगरले खाद्यान्न व्यवस्थापन तथा वितरणका बारेमा जानकारी गराएकी थिइन् ।

प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार  ६ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]