चैत्र १६, २०८० शुक्रबार

गौरादह नगरपालिकामा ‘हाइअलर्ट’, दोस्रो चरणको राहत वितरण गर्ने तयारी

गौरादह । झापाको गौरादह नगरपालिकाले अब क्वारेन्टाइनमा ६ बेड थप गर्ने भएको छ ।
पहिलो चरणमा १० बेडको क्वारेन्टाइन बनाएको गौरादहमा १६ बेड पुग्ने भएको हो । क्वारेन्टाइनमा हाल १ जना मात्र बसिरहेका छन् । कोरोना भाइरस विरुद्ध गौरादह नगरपालिका ‘हाइअलर्ट’ मा बसेको प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत ओझाका अनुसार नगरपालिका क्षेत्रमा पहिलो चरणको राहत वितरणको काम सम्पन्न भइसकेको छ । पहिलो चरणमा नगरभित्रका ३२ सय २९ परिवारलाई १० केजी चामल, १ केजी दाल, १ लिटर तेल, नुन र १० हजार सावुन राहत मार्फत गरिव, विपन्न परिवारलाई वितरण गरिएको ओझाले जानकारी दिए । ९ वटा वडामा दोस्रो चरणको राहत वितरण गर्ने तयारी भइरहेको छ । दोस्रो चरणका लागि १ लाख २० हजार केजी चामल, १० हजार केजी दाल, ४ हजार लिटर तेल र ४ हजार केजी नुन खरिद गर्ने निर्णय भएको छ । खरिदका लागि टेण्डर गरिने प्रशासकीय अधिकृत ओझाले बताएका छन् ।

राहतको लागि अहिलेसम्म करिव २० लाखभन्दा बढि खर्च भइसकेको छ भने दोस्रो चरणका लागि आवश्यक तयारी गरिदैंछ , ओझाले भने – नपाकै बजेटबाट पहिलो चरणको काम सकेका छौं, स्वास्थ्य सामग्री पनि आफ्नै कोषबाट खरिद गरियों । खरिद समिति बनाएर नगरपालिकाले खरिदको काम गर्दै आएको उनको भनाई छ ।

४६ लाखबाट स्वास्थ्य सामग्री र पहिलो चरणको राहत खरिद भएको नगरपालिकाले जनाएको छ । अब बाँकी रहेको बजेटमा सरकारबाट प्राप्त हुने बजेट, स्थानीयस्तरबाट संकलन भएको राहत रकमलाई एकमुष्ट बनाएर दोस्रो चरणको काम सम्पन्न गरिने बताइएको छ ।

यस्तै, नगरका स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामग्री खरिद भइसकेको जानकारी दिए । उनले नेपालमा कोरोनाको त्रास बढ्नासाथ नगरपालिकाले पीपीई, मास्क,सेनिटाइजर, ग्लोब्स्, थर्मल गन खरिद गरेको बताए ।

स्वास्थ्यकर्मीका लागि नगर समयमै संवेदनशील बन्यो, भट्टराईले भने – यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि नगरले खाइपाई आएको तलवमा ५० प्रतिशत थप गरेर सुविधा दिने निर्णय गरेको छ । केन्द्र सरकारले सुविधाका बारे अर्को प्याकेज ल्याएमा त्यो पनि थप गर्ने उनको भनाई छ ।

गौरादह क्षेत्रका कुनै पनि नागरिकले लकडाउनमा भोकै बस्नुपर्ने अवस्था आउन नदिने प्रमुख प्रशासकीय अधिकृत ओझाले दावी गरेक छन् ।

प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार  १ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]