जेष्ठ ८, २०८१ मंगलबार

आइतबार यता नेपालमा कोरोना संक्रमण शून्य : स्वास्थ्य मन्त्रालय

झापा । आइतबार यता गरिएका कोरोना भाइरस परीक्षणमा कुनैपनि व्यक्तिमा संक्रमण भेटिएको छैन् । आइतबार यता पाँच दिनमा कूल १ हजार ४ सय ५४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ ।

ती सबै परीक्षणमा कोरोना भाइरस ९कोभिड–१९० नेगेटिभ भएको पाइएको छ । गत शनिबारसम्म कूल १ हजार ४ सय ४१ परीक्षण हुँदा ९ जनामा संक्रमण देखिएको थियो । जसमध्ये एक जनालाई निको भइसकेको छ । शनिबार एकैदिन ३ जनामा संक्रमण भएको विवरण सार्वजनिक गरिएको थियो । तर बिहीबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सममेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आइतबार यता कुनैपनि परिक्षणमा संक्रमण नभेटिएको बताए ।

उनले बिहीबारसम्म कूल २ हजार ८ सय ९५ परीक्षण भइसकेको बताए । जसमध्ये उपत्यकामा २ हजार ३ सय ८२ र उपत्यका बाहिर ५ सय १३ परीक्षण भएको छ । त्यसबाहेक आज थप १ सय ९३ परीक्षण भइरहेको उनले बताए । उनले बिहीबार गरिएका परीक्षण सम्पन्न भएपछि कूल परीक्षण तीन हजार नाघ्ने बताए । त्यस्तै कैलाली र कञ्चनपुरबाट गरिएका ६६ वटा परीक्षणको कोरोना भाइरसको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाउन प्रत्येक प्रदेशमा पाँच हजारका दरले ¥यापिड टेस्ट किट पठाएको बताए । त्यस्तै अहिलेसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरु कूल ७ हजार ९ सय ४० जना रहेको उनले बताए । प्रवक्ता देवकोटाले उपत्यकामा १८ जना र उपत्यका बाहीर ९९ जना गरी कूल १ सय १७ जना आइसोलेसनमा रहेको बताए ।

बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीहरुलाई आरडिटी सम्बन्धी तालिम दिने काम सम्पन्न भइसकेको उनले बताए । उनले कल सेन्टरमा आएका ३ हजार ३ सय ९५ जिज्ञासालाई सम्बोधन गरेको समेत बताए ।

प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार  ६ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]