चैत्र ६, २०८० मंगलबार

बाह्रदशीमा विकास बहस, मल उपलब्ध गराउन किसानको माग

चकचकी । झापाको बाह्रदशी गाउँपालिकामा बिहीवार स्थानीय नागरिक बिच बिकास बहस गरिएको छ । स्थानीय सरकारले बनाएको नीति तथा कार्यक्रम छलफल गर्न आयोजना गरिएको विकास बहसमा नागरिकले स्थानीय सरकारबाट धेरै अपेक्षा गरेको बताएका छन् ।

विकास बहसका विषय विज्ञ डा.राजेन्द्र अधिकारीले नागरिकको स्वास्थ्यमा विशेष चासो दिन आग्रह गरेका छन् । उनले विहारबाट आइरहेको विषादिजन्य खाद्यान्न रोक्न आग्रह गरे । गाउँपालिकाले नागरिकको स्वास्थ्यमा ख्याल गर्दै विषादी मुक्त गाउँपालिका बनाउन योजना निर्माण गर्नुपर्ने अधिकारीको भनाई छ । शिक्षा र स्वास्थ्यमा ख्याल गर्दै विकास निर्माणलाई तिब्रता दिनुपर्ने विज्ञको भनाई छ । उनले गाउँपालिकाले तयार गरेको योजना , कार्यक्रम समीक्षा गर्न आग्रह गर्दै आगामी कार्यक्रममा सामुदायिक विधालयमा अंग्रजी शिक्षा र नीजि क्षेत्रसँगको समन्वयमा जोड दिन सुझाव दिएका छन् ।

अर्का बक्ता सहकारी संघ झापाका सचिव युवराज ढकालले सहकारी क्षेत्रको सहयोग विना समृद्धि संभव नहुने बताए । उनले बाह्रदशी गाउँपालिकाले सहकारी सम्बन्धी योजना तयार नगरेकोमा दुःख व्यक्त गर्दै आगामी कार्यक्रममा सहकारीलाई समेट्न आग्रह गरेका छन् । उनले सहकारी क्षेत्रको तर्फबाट स्थानीय सरकारलाई सहयोग गर्ने जनाएका छन् ।

गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले चौतर्फी विकासले मात्र समृद्धि प्राप्त गर्न सकिने भएकाले सोहि अनुसार कार्यक्रम तयार गरेको दावी गरेका छन् । उनले सहकारी,नीजि क्षेत्रको सहयोग लिने बताए । कार्यक्रममा सहकारी क्षेत्रको काम कारवाही प्रति असन्तुष्ट व्यक्त गरे । उनले सहकारी नाफा र घाटाको व्यापार मात्र गरिरहेकोले कामको क्षेत्र फराकिलो बनाउन आग्रह गरेका छन् ।

अध्यक्ष राजवंशीले आफुहरु स्थानीय सरकारको नयाँ अनुभव भएकाले धेरै त्रुटि हुन सक्ने बताएका छन् । नयाँ छौ, त्रुटि हुन सक्छ । सच्याउँदै जानेछौ – अध्यक्ष राजवंशीले भने । विकासको सबै सूचक प्रयोग गरेर काम गर्ने राजवंशीको भनाई छ ।

यस्तै, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले नागरिकको आर्थिक जीवनमा समेत परिवर्तन आउने गरी विकासको काम गर्नुपर्ने टिप्पणी गरेका छन् । जनताको विकास आवश्यकतालाई हेरेर योजना निर्माण गर्नुपर्ने पोर्तेलको भनाई छ । उनले स्थानीय तहको योजना आर्थिक विकास, सेवाप्रवाह र पर्यावरणको संरक्षणमा तयार गर्नुपर्ने बताए । पूर्वाधार विकास मात्र समृद्धिको आधार होइन, यसलाई परिमार्जन गर्न आवश्यक छ, उनले थपे । जनताको सुख र समृद्धिको लागि विभेदको अन्त्य गर्नुपर्छ भन्दै प्रमुख पोर्तेलले गरिवलाई धनि बनाउने कार्यक्रम बनाउन गाउँपालिकालाई ध्यानाकर्षण गराएका छन् ।

जिल्ला समन्यव समिति झापा, झापा जिल्ला सहकारी संघ झापा र मिडिया रिसर्च सेन्टरले संयुक्त रुपमा आयोजना गरेको विकास बहस कार्यक्रम संयोजक सन्तोष आचार्यले विज्ञसहितलाई राखेर छलफल गरेका थिए । कार्यक्रममा ५ नंम्बर वडाध्यक्ष भूपेन्द्र कटुवालले किसानले मलको अभाव व्यहोर्नु परेको जानकारी दिएका छन् । उनले चैते धान र मकै लगाएका किसानलाई मल उपलब्ध गराउन सरोकारवाला आग्रह गरेका छन् । सहभागी अधिकांशले मल उपलब्ध गराइदिन माग राखेका छन् ।

सडक निर्माणको क्रममा सिचाँई संरचना भत्काएकाले कृषि क्षेत्र थप प्रभावित भइरहेको उनको भनाई छ । सहभागीले गैरसरकारी संस्था र सहकारीलाई वेवास्था गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार  ३ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]