बैशाख ११, २०८१ मंगलबार

छक्याएर नेपाल प्रवेश गर्ने बढेपछि झापाको सीमा क्षेत्रमा प्रहरी परिचालन

झापा । जिल्ला प्रहरी कार्यालय झापाले सीमा निगरानी समिति गठन गरी लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पूर्णरूपमा रोक लगाएको छ ।

खुला सीमानाको फाइदा उठाउँदै प्रहरीलाई छक्याएर कोही पनि नेपाल प्रवेश गर्न नसकुन् भन्ने उद्देश्यले स्थानीयवासीको सहकार्यमा सीमा निगरानी समिति बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

कोरोना भाइरसको सङ्क्रमणको समस्या भारतमा बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले तीन प्रहरी निरीक्षकको कमाण्डमा १६ स्थानमा गरी थप १५० प्रहरी सीमा क्षेत्रमा परिचालन गरिएको छ ।
सीमा क्षेत्रको निगरानीका लागि अहिले कचनकवल गाउँपालिकाको पथरीया, झापा गाउँपालिकाको टाघनडुब्बा र गौरीगञ्ज गाउँपालिकाको कोरोबारीमा प्रहरीले अस्थायी बेसक्याम्प निर्माण गरेको छ । झापाको पूर्वीउत्तर सिमाना तिरिङखोलाबाट पश्चिम–दक्षिण सीमावर्ती क्षेत्र गौरीगञ्जसम्मको १४४ किलोमिटरको बोर्डरमा प्रहरीले अहिले सीमा निगरानी समितिसँग सहकार्य गर्दै सीमाको निगरानी गरिरहेको छ

अहिले सीमावर्ती क्षेत्र काँकडभिट्टा, कुमरखोद, गौरीगञ्ज, राजगढ, कुञ्जीबारी, भद्रपुरलगायतका क्षेत्रमा सीमा निगरानी समिति निर्माण गरिएको छ । यता सशस्त्र प्रहरी बल झापाले पनि जिल्लाका विभिन्न स्थानमा सीमाक्षेत्रको निगरानीका लागि १०० थप प्रहरी परिचालन गरेको छ ।

झापामा खेती गर्न भन्दै भारतीय छिर्ने गरेका छन् । उनीहरु विहानको मौका छोपेर मकैबारीमा लुक्दै नेपाल पस्ने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]