बैशाख २७, २०८२ शनिबार

मोदीसँग फोन संवाद गर्दै ओलीले भने ‘दुवै देशमा रोकिएका आफ्ना नागरिकको राम्रो हेरचाह गरौं’

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज टेलिफोन संवाद गरेका छन् ।

टेलिफोन संवाद गर्दै उनले कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमति भएको जानकारी दिए । उनले भारतीय समकक्षी मोदीसँगको संवादबारे ट्वीट गरेका छन् ।
लकडाउनको कारण एकअर्काको मुलुकमा रोकिएका नागरिकलाई आआफ्नो देशमा राम्रो हेरचाह गर्ने संवादका क्रममा जोड दिइएको छ । यस्तै, प्रधानमन्त्री मोदीसँग आपूर्ति व्यवस्थालाई कायम राख्न र थप सहज सूचारु गर्न प्रधानमन्त्री ओलीले छलफल गरेका छन् । ओलीले भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगका लागि धन्यवाद समेत दिएका छन् ।

प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार  १ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]