बैशाख ८, २०८१ शनिबार

झापाको क्वारेन्टाइनबाट १५३ जना घर फर्के

बिर्तामोड । झापाका १५ वटा स्थानीय तहले बनाएको २७ स्थानको क्वारेन्टाइनबाट १ सय ५३ जना घर फर्केका छन् । जिल्ला समन्वय समिति झापाको तथ्याङक अनुसार अब क्वारेन्टाइनमा बस्नेको संख्या जम्मा १ सय ७६ जना छ ।

जिसस झापाको सूचना अनुसार मेचीनगरबाट १०८, कनकाई ३, भद्रपुर ३, शिवसताक्षी २, दमक २० , अर्जुनधारा ६, गौरीगञ्ज २, बिर्तामोड ५, कमल २, गौरादहबाट १ र कचनकवलबाट २ जना घर फर्किएका छन् । यस्तै, कचनकवल र बुद्धशान्तिको क्वारेन्टाइनमा बस्नेको संख्या शून्य छ ।

आजसम्मको तथ्याङकमा मेचीनगरमा ७१, कनकाईमा २८, भद्रपुरमा २७, झापामा १७, बाह्रदशीमा ६, शिवसताक्षीमा ६, दमकमा ५, अर्जुनधारामा ४, गौरीगञ्जमा ४ , बिर्तामोडमा ३, हल्दीवारीमा ३, कमल १ र गौरादहमा १ जना क्वारेन्टाइनमा बसिरहेका छन् । झापामा जम्मा ६ सय ९६ बेडको क्वारेन्टाइन निर्माण गरिएको थियो । जिल्लामा अहिलेसम्म कोरोना पोजिटिभ नभेटिएको पोर्तेलको भनाई छ ।

प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार  ३ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]