बैशाख १५, २०८१ शनिबार

मन्त्री कार्कीलाई लकडाउन कार्यन्वयन र राहत वितरणको जिम्मेवारी

विराटनगर । प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला र जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ ।

शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउँन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धि सुरक्षा योजना र जिम्मेवारी तोकेको हो ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले जिल्ला तहका क्वारेन्टाइनको जिम्मेवारी नेपाली सेनालाइ दिने व्यवस्था मिलाउने, लकडाउनलाई कडाइका साथ कार्यन्वयन गराउने, हाटबजार, मेला र जमघट बन्द गराउँने, राहत वितरण प्रभावकारी बनाउने, कोरोना जनसुरक्षा कोषबाट पालिकाहरुलाई उपलब्ध गराउनु पर्ने रकमबारे सिफारिस गर्नुपर्ने लगायतका जिम्मेवारी दिएको हो ।
बैठकले कोशी कोरोना अस्पतालबाट कोरोना परीक्षणका लागि ल्याइएका ५ हजार ¥यापिड टेस्ट किटबाट पहिलो चरणमा क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका शंकास्पद व्यक्तिहरुको परीक्षण गर्ने निर्णय गरेको छ ।

साथै कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि डा. शंकर अधिकारीको संयोजकत्वमा ७ सदस्यीय मेडिकल एक्सपर्ट ग्रुप समेत गठन गरेको छ । समितिको सदस्यमा पंकज खतिवडा, डा. शैलेशमणी पोखरेल, डा. सुर्य पराजुली, डा. मोहन खडका, डा. प्रेम प्रसाद आचार्य र डा. सुरेश मेहता रहेका छन् ।

प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार  ७ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]