बैशाख १८, २०८१ मंगलबार

राहत वितरणमा भइरहेको भीडभाड हटाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन

विराटनगर । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलाई स्थानीय तहसंग समन्वय गरेर राहत वितरणमा भइरहेको भिड हटाउन निर्देशन दिनुभएको हो ।
शुक्रबार बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका सुरक्षा प्रमुखहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

अहिले स्थानीय तहले वितरण गरिरहेको राहत लिनेको घुइचो बढ्दा कोरोना भाइरसको संक्रमण भइहाले अवस्था भयावह हुने भन्दै मुख्यमन्त्री राईले स्थानीय तहहरुले डेलिभरी भ्यानको व्यवस्था गरेर घर घरमै पुगेर राहत वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।

विशेष गरी तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधीहरुसंग समन्वय गरेर व्यवस्थापन गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । त्यस्तै मानिसलाई आवत जावत गर्ने पास वितरणमा समेत कडाइ गर्न र अन्य प्रदेशमा जानैपर्ने र अन्य प्रदेशबाट यहाँ ल्याउनै पर्नेको विवरण तयार गर्न निर्देशन समेत गर्नुभएको छ ।
संक्रमण भित्रन नदिन भारतीय सीमामा कडाइ गर्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री राइले नयाँ योजनाका साथमा सीमा नाकाहरुमा कडाइ गरिने बताउनुभयो । यसका लागि तयारी गर्न समेत सबै सुरक्षा निकायलाई उहाँको निर्देशन छ ।

मुख्यमन्त्री राईले प्रदेश नं. १ लाई सुरक्षित राख्न प्रदेशका सबै निकायले आफ्नो ठाउँमा स्रोत र साधनको अधिकतम सदुयोग गर्नुपर्ने बताउनुभयो । शुक्रबारदेखि प्रदेशले ¥यापिड टेस्ट सुरु गरकाले क्वारेन्टाइनमा बसेका सबैको टेस्ट गरिने र स्वाव परीक्षण कोशी अस्पतालबाटै दैनिक एक सयवटा टेस्ट गरिने भएकाले अव क्वारेन्टाइनमा रहनेहरुको व्यवस्थापनमा पनि सहज हुने बताउनु भयो । प्रदेशका २० देखि ३० हजारको ¥यापिड टेस्ट र एक हजार बढीको स्वावको चाडै परीक्षण गर्ने बताउँदै मुख्यमन्त्री राईले सम्भावित चुनौती र समस्याको समाधानका लागि योजना बन्दै गरेको बताउनु भयो ।

बैठकमा चारवटै सुरक्षा निकायका प्रदेश प्रमुख साथै झापा, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारीले प्रदेश र आफ्नो आफ्नो जिल्लाको लकडाउनको प्रभाव, सुरक्षा, आपूर्ती व्यवस्था, राहात वितरण लागायतको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]