जेष्ठ ५, २०८१ शनिबार

सबै स्थानीय तहले खाद्य सामग्री जोह गर्नुपर्छ : सांसद मैनाली

मेचीनगर । झापा निर्वाचन क्षेत्र १ अन्तरगत प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले आफ्नो क्षेत्रका जनताको अवस्थाको जानकारी तथा राहत वितरण प्रव्रिmयाको अनुगमन गरेका छन् ।

विहीवार र शुक्रवार दुई दिन फरक– फरक समयमा प्रदेश सभा सदस्य मैनालीले आफ्नो क्षेत्रमा पर्ने दुई स्थानीय तहका ११ वटा वडामा पुगेर अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

चैत्र ११ गतेबाट सुरु भएको लकडाउनका कारण अतिविपन्न, गरीब तथा असहाय मजदुरहरुलाई खाद्य संकट आउन सक्ने देखिए पछि केन्द्र, प्रदेश र स्थानीय सरकारले राहत वितरणको कार्य गर्न थालेका छन् । यसै व्रmममा मेचीनगरले पनि वडाहरु मार्फत पहिलो चरणमा ३ हजार घर परिवारलाई राहत पठाएको थियो । तर, यो संख्या बढेर एउटै वडामा हजार भन्दा बढि राहत वितरण गर्नु पर्ने अवस्था आएको वडा नम्बर ६ का अध्यक्ष ललित तामाङले बताउनु भयो । नगरले वडाको घर धुरीलाई आधार बनाएर पहिलो चरणमा १० प्रतिशतले संख्या निर्धारण गरी वितरण गर्न राहत उपलब्ध गराएको थियो । पछि वडाहरुले स्थानीय स्तरमा सहयोग जुटाएर थप विपन्न परिवारहरुलाई राहत वितरण गरिहेको अवस्थामा प्रदेश सदस्यले अनुगमन तथा निरक्षण गरेका हुन् ।
विपतका बेला वडाको कार्यमा सहयोग पुग्ने गरी सांसदहरु आउँदा स्थानी जनप्रतिनिधिहरुलाई हौसला प्रदान हुने मेचीनगर १ का वडा अध्यक्ष पासाङ तामाङले बताउनु भयो । अनुगमनकामा अधिकांश जनप्रतिनिधि र सर्वसाधारणले लकडाउनका बेला खाद्य संकटबाट जनतालाई बचाउन आग्रह गरेको र जनता बाचे विकासे काम त्यसपछि गर्न सकिने सुझाव प्राप्त भएको प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले बताउनु भएको छ । जनतालाई संकट परेका बेला उनीहरुको अवस्थ बुझ्ने र सकटमा साथ दिने काम जनप्रतिनिधिहरुको पहिलो कार्य भएको बताउँदै सांसद मैनालीले भन्नु भयो–“जनताले सधै जनप्रतिनिधि खोज्दैनन् यस्तो बेला उनीलाई साथ दिनु हाम्रो कर्तव्य हो ।”

मैनालीले यो अवस्था लम्बिन सक्ने भएकाले सबै स्थानीय तहले खाद्य सामग्री जोह गर्नु पर्ने बताउनु भयो । राहत वितरणमा सबैलाई सहयोग गर्न र वास्तविक समस्यामा परेकाहरुलाई वितरण गर्न सांसद मैनालीले आग्रह गर्नु भयो । राहत वितरणलाई एकद्वार नीति अन्तरगत पारदर्शी र प्रभावकारी बनाउन पनि सांसद मैनालीले आग्रह गर्नु भयो । पहिलो चरणको राहत वितरण कार्यमा सहभागि जनप्रतिनिधि र राजनीतिक दललाई धन्यवाद दिँदै सांसद मैनालीले अबका दिनमा सरकारको तर्फबाट आवश्यक सहयोग जटाउन आफु लागि पर्ने समेत बताउनु भयो ।

मेचीनगर नगरपालिका अन्तरगतका वडा नम्बर १ देखि ८ सम्म र वडा नम्बर १० र १५ गरी १० वटा वडा र भद्रपुर नगरपालिकाको वडा नम्बर ९ गरी ११ वटै वडाको वडा कार्यालयमा पुगेर गरीब तथा विपन्नहरुको विवरण र राहत वितरणको अवस्थाबारे सांसदको टोलीले जानकारी लिएको नेकपा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार पहिलो दिन प्रतिनिधि सभा सदस्य राम कार्की, प्रदेश सभा सदस्य गोपाल बुढाथोकी सहितको टोलीले अनुगमन गरेको थियो ।

प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]