जेष्ठ ४, २०८१ शुक्रबार

झापाका मुख्य बजारमा लकडाउन सेल निर्माण, ३ सय ८ जनालाई कारवाही

बिर्तामोड । झापा प्रहरीले जिल्लाको मुख्य बजारहरुमा तयार गरेको लकडाउन सेलमा ३ सय ८ जना कारवाहीमा परेका छन् । साँझपख मानिसको चहलपहल बढेपछि प्रहरीले मुख्य बजारहरुमा लकडाउन सेल स्थापना गरेका हुन् ।

बिर्तामोडबाट निर्माण शुरु भएको लकडाउन सेल यतिबेला झापाको काँकरभिट्टा, दमक, धुलाबारी, झिलझिले, शनिश्चरे, चन्द्रगढी लगायतका स्थानमा तयार गरिएको छ । लकडाउन सेल तयार गरेपछि चहलपहल घट्दै गएको प्रहरीको भनाई छ ।

विश्वव्यापी महामारीको रुपमा फैलि रहेको कोरोना भाईरस संक्रमणको जोखिम न्यूनिकरण एवं नियन्त्रणको लागि सरकारले गरेको लकडाउन उल्लंघन गर्नेलाई सेलमा उभ्याउने गरिएको छ । सेलमा २ घण्टासम्म उभ्याउने गरिएको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
लकडाउन उल्लंघन गर्नेहरुलाई लकडाउन सेलमा सामाजिक दुरी कायम राखी बनाईएको गोलो घेराभित्र होल्ड गरी उभ्याई लकडाउनको अर्थ र नागरिकको दायित्व सम्बन्धमा सचेत एवं जानकारी गराउँदै आएको झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

उपरीक्षक कोइरालाले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा अनावश्यक रुपमा हिडडुल नगरी लकडाउनको कार्यान्वयनमा सहयोग गरि आफू एवं समाज सुरक्षित राख्ने कार्यमा सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : चैत्र २९, २०७६ शनिबार  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]