चैत्र १५, २०८० बिहीबार

श्रीमतीबाट के चाहन्छन् पुरुष ?

प्रेम, यौन, आय–आर्जन, पारिवारिक सुख, सम्मान । हुन त पुरुषहरुले आफ्नो कुरा खुलेर व्यक्त गर्छन् । आफूलाई के मनपर्छ, के मनपर्दैन । के कुरामा चित्त बुझेको छ, के कुरामा छैन । मनमा कुरा लुकाउँदैनन् । तर, यावत कुराका निम्ति अनुकूलता भने हुनुपर्छ । अर्थात् श्रीमती र श्रीमानबीचको अन्तर संवाद हुनुपर्छ ।

आफ्ना श्रीमान कस्ता छन् र ? के कुरामा रुचि राख्छन् रु आफ्नो व्यवहारलाई उनले कसरी लिएका छन् रु आफूले के गरेको मन पराउँदैनन् रु थाहा भएको उत्तम हो । हुन त यस किसिमको जानकारी दोहोरो नै हुनुपर्छ । श्रीमती के चाहन्छिन्, के रुचाउँछिन्, कस्तो व्यवहार मन पर्दैन रु श्रीमानलाई पनि थाहा हुनुपर्छ ।

किनभने आफूले चाहेको निर्णय मात्र गरिरहँदा वा पारिवारिक निर्णयहरु आफूलाई केन्द्रित गरेर गरिरहँदा दाम्पत्य सन्तुलन बिग्रिन सक्छ । त्यसैले एकअर्काको भावना, रुचि, व्यवहार, आनीबानी सबैलाई बुझ्न जरुरी हुन्छ ।

स्वभाविक हो, श्रीमतीप्रति श्रीमानका केही अपेक्षा हुन्छन्। आफ्नी श्रीमतीले यस्तो व्यवहार गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।

पारिवारिक सुख

आफ्नी श्रीमतीबाट श्रीमानले खोज्ने पहिलो कुरा भनेको पारिवारिक सुख हो । श्रीमतीले घरको वातावरण शान्त बनाइरहोस्,खुसीयाली छाइरहोस् भन्ने अपेक्षा गर्छन् । परिवारका सबै सदस्यलाई समान व्यवहार गरेको, सबैप्रति सकारात्मक भाव राखेको हेर्न चाहन्छन् ।

घर व्यवहार कसरी चुस्त बनाउने रु भान्सालाई कसरी पोषिलो बनाउने रु परिवारका सदस्यहरुलाई कसरी सन्तुष्ट तुल्याउने रु घरलाई कसरी सफा सुग्घर बनाउने भन्ने कुरामा श्रीमतीले नै खास भूमिका निर्वाह गरेको हेर्न रुचाउँछन् पुरुष। भलै, यावत काममा उनले अरु सदस्यबाट पनि सहयोग लिन सक्छिन् ।

जतन गरेको

कतिपयको प्रवृत्ति खर्चालु हुन्छ । भड्किलो जीवनशैली रुचाउँछन् । अरुको देखासिखी गर्छन् । त्यही अनुसार जथाभावी खर्च गर्ने गर्छन् । भलै उनले परिवारकै लागि भनेर खर्च गरेपनि त्यसले पारिवारिक व्ययभार बढाइदिन्छ । अनावश्यक र फजुल खर्चले आर्थिक समस्या ल्याउँछ ।

श्रीमान चाहन्छन् कि श्रीमती खर्चालु होइन, जतन गर्ने प्रवृत्तिको होस् । हरेक कुरा सोचविचार गरेर मात्र निर्णय गर्ने होस् । धेरै किनमेल गर्ने, भोज भतेर आयोजना गर्ने, खानेकुराहरु नष्ट गर्ने जस्ता प्रवृत्तिले घरमा दरिद्रता ल्याउँछ । यस कुरामा श्रीमती सचेत भएको र आर्थिक कुरामा उनले नियन्त्रण गरेको हेर्न चाहन्छन् ।

कतिपय सामग्रीहरु पुनस् प्रयोग गर्न सकिने हुन्छन् । लुगा सिलाएर लगाउन सकिन्छ। नष्ट हुन लागेको सागलाई गुन्द्रुक बनाउन सकिन्छ, थोत्रो प्लाष्टिकमा माटो भरेर केही रोप्न सकिन्छ । यसरी हरेक कुरालाई सदुपयोग गर्ने खुबी होस् भन्ने चाहन्छन् ।

पारिवारिक स्वास्थ्यको ख्याल

हाम्रो पारिवारिक संरचना अनुसार श्रीमतीले भान्साको काम सम्हाल्ने गर्छिन् । खाना पकाउन उनीहरु नै सिपालु हुन्छन् । तर, कतिपय भने मीठो मसिनो, मसलेदार र अस्वस्थ्यकर खानेकुरा बनाउने प्रवृत्तिका हुन्छन् भने कतिपय स्वस्थ्यकर खानेकुरा बनाउने ।

जस्तो भान्सा, उस्तै हुन्छ पारिवारिक स्वास्थ्य । त्यसैले भान्सामा समेत श्रीमतीले उचित नियन्त्रण गरेको हेर्न चाहन्छन् पुरुषहरु ।

सम्मान

आफ्ना आमाबुबा, आफन्त, नातेदारसँग सम्मानजनक सम्बन्ध स्थापित गरेको हेर्न चाहन्छन् । परिवारका सदस्यलाई समान व्यवहार गरेको, सबैप्रति प्रेममय सम्बन्ध बनाएको हेर्न चाहन्छन् ।

यौन सुख

श्रीमानले श्रीमतीबाट चाहने अर्को कुरा यौन सुख पनि हो । श्रीमतीको कारण यौन जीवन खल्लो नहोस् भनेर उनीहरु सचेत रहन्छन् । यौनमा दुबैको समान सहभागी हुनुपर्ने हुन्छ । त्यसैले एकजना मात्र निस्क्रिय भइदिदा यौन जीवन खल्लो हुनपुग्छ । त्यसैले यौन क्रियाका लागि श्रीमतीको सक्रियता खोज्छन् पुरुषहरु ।

प्रकाशित मिति : चैत्र २९, २०७६ शनिबार  ११ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]