बैशाख २१, २०८१ शुक्रबार

गोल्धापका खनाल नौ दिनपछि फेला, भारत हुँदै चितवन कसरी पुगे ?

बिर्तामोड । नौ दिनदेखि वेपत्ता भएका हल्दिवारी– १ गोल्धाप बजारका व्यवसायी ६२ वर्षीय सुरेन्द्र प्रसाद खनाल भेटिएका छन् । उनको खोजीका लागि झापाबाट गएका विजय बस्नेतले खनाल फेला परेको पुष्टि गरेका छन् ।


जेठ ५ गते बिर्तामोडमा कपडा खरिद गर्न भन्दै परिवारलाई जानकारी दिएर हिडेका खनाल अकास्मात वेपत्ता भएपछि खोजी शुरु गरिएको थियो । उनलाई आज खोजीका लागि गएको टोलीले चितवनको देवघाट पुल नजिकै हिडिरहेको अवस्थामा फेला पारेको बस्नेतले इजलासलाई जानकारी दिए ।


बस्नेतका अनुसार खनालको स्वास्थ्य ठिक छ । अहिले नारायणघाटमा खानपिन गरिरहेको जानकारी दिएका छन् । सामान्य रिँगाटो लागो भनेपछि खनाललाई आराम गराउँन आजको रात त्यहि बस्ने बताइएको छ ।


बिर्तामोड कपडा खरिद गर्न आएका खनाललाई बिर्तामोडबाट आफु अकास्मात वेपत्ता भएको जानकारी छैन । खोजी गर्न गएको टोलीलाई दिएको जानकारी अनुसार एकैचोटी भारतको ठाकुरगञ्ज पुगेको मात्र थाहा छ ।

ठाकुरगञ्जबाट विराटनगर निस्कदै चितवन गएको खनालले जानकारी दिएका छन् । उनी वेपत्ता भएपछि खोजी व्यापक बनाउँदै गर्दा खनाललाई यूट्यूवमा भेटिएको थिो । भाग्य न्यौपानेले छाँयाङकन गरिरहेको भिडियोमा देखिएपछि खोजीका लागि परिवारसहित चितवन गएका थिए ।
सो भिडियो चितवनमा खिचिएको जानकारी पाएपछि टोली चितवन गएको हो ।

चितवनको भिडियोमा देखिएका खनाल फेरि पूर्व आएका थिए । उनी एक रात दोमुखा बसेर फेरि विराटनगर हुदै चितवन पुगेको जानकारी प्राप्त भएको छ । उनी चितवन पुगेकै दिन टोलीले फेला पारेको हो ।

प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]