बैशाख २२, २०८१ शनिबार

घर बाहिर ननिस्किनु, नत्र २ घण्टा उभिनुपर्ला : वडाध्यक्ष सापकोटा

बिर्तामोड । हल्दिवारी १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले घर बारिह निस्किनेलाई अब २ घण्टा होल्ड गराइने बताएका छन् । उनले लकडाउन उल्लंघन गर्ने बढेपछि गोल्धाप बजार क्षेत्रमा लकडाउन सेल निर्माण गरिएको जानकारी दिए ।

शनिवारबाट लकडाउन उल्लंघन गर्नेलाई ‘होल्ड’ गराउन थालिएको छ । वडाध्यक्ष सापकोटाले भने, म १० औंला जोडेर आग्रह गर्छु, घरमै बस्नुहोस् । लकडाउन उल्लंघन नगर्नुहोस् ।
झापा जिल्लाको मुख्य शहरहरुमा स्थापना गरिएको लकडाउन सेल अहिले गाउँगाउँमा स्थापना गर्न थालिएको छ । सरकारले लकडाउनलाई प्रभावकारी बनाउन निर्देशन गरेपछि जनप्रतिनिधि र प्रहरी सक्रिय भएका छन् ।

प्रकाशित मिति : चैत्र २९, २०७६ शनिबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]