जेष्ठ १५, २०८२ बुधबार

आफ्ना नागरिकलाई मृत्युबाट जोगाउन अमेरिकालाई हम्मे–हम्मे

एजेन्सी । अमेरिकामा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको क्षति अत्यासलाग्दो बन्दै गएको छ ।

(200410) — HARARE, April 10, 2020 (Xinhua) — A doctor works in a ward at Wilkins Hospital in Harare, Zimbabwe, April 9, 2020. Wilkins Hospital, which was upgraded on March 30, is Zimbabwe’s main COVID-19 isolation and treatment center. (Photo by Shaun Jusa/Xinhua)

कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएका कारण अमेरिकालाई आफ्ना नागरिकलाई मृत्युबाट जोगाउन हम्मे–हम्मे परिरहेको छ । जोन हप्किन्स विश्व विद्यालयको पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण अमेरिकामा २० हजार पाँच सय भन्दा बढीको ज्यान गइसकेको छ ।

यसअघि इटालीमा मृतकको संख्या उच्च रहेप नि पछिल्लो एक दिनमै अमेरिकामा दुई हजार जनाको ज्यान गएको छ । त्यहाँ अहिलेसम्म एक लाख ६३ हजार २७ जना संक्रमित भइसकेका छन् ।

अमेरिकारको सबैभन्दा बढी प्रभावित रहेको न्यूयोर्क शहरका गभर्नर इन्ड्रयू कुमोले मृतकको संख्या स्थिर रहेको दावी गरेका छन् । विगतका दिनको अनुपातमा न्यूयोर्कमा मृत्यु दर स्थिर रहेको उनको दावी छ ।

यसैबीच अमेरिकाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण र मृतकको संख्या बढ्दै गएपछि मास्क उत्पादन बढाउने भएको छ । अमेरिकी सरकारले रक्षा ऐनअन्र्तगत मास्क उत्पादनको प्रक्रिया शुरु भइसकेको जनाएको छ । एक दुई दिनमै माग अनुसार नै मास्क उत्पादन हुने जनाइएको छ ।

गत वर्षको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोनाका कारण विश्वभर एक लाख आठ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोनाबाट संक्रमित करिव १७ लाख ७८ हजार बिरामीमध्ये चार लाख दुई हजार जना भन्दा बढी उपचारपछि घर फर्किएको बताइएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको महामारी घोषणा गएको एक महिना पूरा भएको छ ।

ब्राजिलमा मृतकको संख्या एक हजार नाघ्यो, राष्ट्रपतिको यस्तो लापरवाही रु
ब्राजिल दक्षिणी गोलार्धको पहिलो देश बनेको छ जहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । यहाँ २० हजार बढी कोरोनाका संक्रमित छन् ।

ब्राजिलका अधिकारीले यो संख्या निकै धेरै हुनसक्ने चेतावनी दिएका छन् किनभने अहिलेसम्म यहाँ अस्पताल पुगेकाहरुको मात्रै परीक्षण भइरहेको उनीहरुले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार यो महामारीको वास्तविक प्रकोप यो महिनाको अन्त्यमा देखिने छ । ब्राजिलका धेरैजसो राज्यले क्वारेन्टाइन जस्ता उपाय लागू गरेको छ तर देशका राष्ट्रपति जेयर बोल्सोनारोले यस्ता प्रतिबन्धले अर्थ व्यवस्थामा क्षति हुने भन्दै यसको विरोध गरिरहेका छन् ।

उनले व्यवसाय खोल्नका लागि केन्द्रलाई एउटा आदेश जारी गर्न पनि धम्की दिएका छन् । सामाजिक दूरी कायम गर्ने आफ्नै सरकारको सिफारिसलाई वाहियात बताउँदै दक्षिणपन्थी नेता आफै गुड फ्राइडेको छुट्टीको दिन राजधानी ब्रासीलियाको सडकमा निस्किए र मानिसहरुसँग भेटघाट गर्न थाले ।

एउटा पसलमा उनले आफ्ना समर्थकसँग तस्बिर पनि खिचे । तर त्यहाँका केही रुष्ट मानिसहरुले थाली ठटाएर आफ्नो असहमति जताए भने कतिले चिच्याउँदै भने, ‘गो होम (घर जाउ) ’
एक पटक उनले हातले नाक पुछेपछि एक वृद्ध महिलासँग हात मिलाएका थिए । यो कुराको लागि उनको विशेष आलोचना भइरहेको छ । एजेन्सी

प्रकाशित मिति : चैत्र ३०, २०७६ आईतबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]