बैशाख १४, २०८१ शुक्रबार

एनसेलले बुझायो १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार रुपैयाँ पूँजीगत लाभकर

काठमाडौं । सर्वाधिक विवादित बनेको एनसेलको पूँजीगत लाभकरको विषय अन्ततः सल्टिएको छ । एनसेलले आजै १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । एनसेलले २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार रुपैयाँ पूँजीगत लाभकर तिर्नुपर्ने थियो ।

यसअघि एनसेलले पुस १५ गते ४ अर्ब ५० करोड, चैत १८ गते ४ अर्ब ६० करोड र आज १४ अर्ब ३३ करोड गरी २३ अर्ब ४३ करोड कर तिरेको हो । यो सँगै यसको सम्पूर्ण पूँजीगत लागकर चुक्ता भएको छ ।
युरोपको टेलिया कम्पनीले चार वर्ष अघि चैत २९ गते एनसेलमा भएको आफ्नो ८० प्रतिशत स्वामित्व मलेसियाको टेलिकम कम्पनी एक्जियटालाई बिक्री गरेको थियो ।

स्वीडेनमा मुख्य कार्यालय भएको टेलिया कम्पनीले नर्वेमा रहेको आफ्नो होल्डिङ कम्पनी टेलिया सोनेरा नर्वे नेपालसँग सेन्ट किट्स एण्ड नेभिस नामक टापुमा दर्ता रहेको रेनल्ड होल्डिङ्सको सेयर एक खर्ब ४४ अर्व ७८ करोड रुपैयाँमा बिक्री गरेको थियो।

यो सेयर मलेसियामा मुख्य कार्यालय रहेको एक्जियटा कम्पनीले आफ्नो बेलायतमा रहेको सहायक कम्पनी एक्जियटा इन्भेष्टमेन्ट युकेमार्फत किनेको थियो । त्यसयता पूँजीगत लाभकर कसले तिर्ने भन्ने विवाद रहदै आएको थियो ।

सर्वोच्च अदालतले यो विषयमा एनसेलसँगै लाभकर असुल गर्न आदेश दिएपछि यो प्रक्रिया सुरु भएको थियो।

ठुला करदाता कार्यालयका प्रमुख झलक अधिकारीले सावा व्याज सहित सम्पूर्ण पूँजीगत लाभकर बुझाएको बताएका छन् । उनले अब एनसेल विवादमुक्त भएको पनि बताए । कारोबारको आधारमा एनसेल देशकै ठुलो कम्पनी हो ।

प्रकाशित मिति : चैत्र ३०, २०७६ आईतबार  ५ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]