बैशाख १५, २०८१ शनिबार

इटहरीको फुड बैंकलाई २५ सय केजी चामल सहयोग, सुत्केरीको घरघरमा उपमेयर

इटहरी । किराँत याक्थुङ चुम्लुङ नगर कार्य समिति इटहरीले इटहरी उपमहानगरको फुड बैकमा २५ सय केजी चामल उपलब्ध गराएको छ । प्रदेश सांसद सर्वध्वज साँवाको उपस्थितिमा चुम्लुङ नगर कार्य समितिका अध्यक्ष राम नेम्वाङले नगरप्रमुख द्धारिकलाल चौधरीलाई चामल हस्तान्तरण गर्नुभयो ।

चुम्लुङले अर्को चरणमा पुनः २५ सय केजी चामल प्रदान गर्ने अध्यक्ष नेम्वाङले घोषणा गर्नुभयो । यसैगरि अष्टेलियमा अध्यनरत इटहरीका कर्म लामाले आफ्ना पिता मार्फत इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ५१ हजार रकम जम्मा गर्नुभएको छ ।

उपमेयर लक्ष्मी गौतमलाई सो रकमको चेक उहाँका पिताले हस्तान्तरण गर्नुभयो । आजै इटहरी ग्लोवल आँखा उपचार केन्द्रले २० हजारको चेक इटहरी उपमहानगरको विपद ्ब्यवस्थापन कोषमा हस्तान्तरण गरेको छ ।

सुत्केरीलाई पोषिलो खानेकुरा प्रदान

इटहरी उपमहानगरको उपमेयर सुत्केरी भेट कार्यक्रम अन्र्तगत उपमेयर लक्ष्मी गौतमले तीन जना सुत्केरीको घरमै पुगेर पोषिलो खानेकुरा प्रदान गर्नुभएको छ । इटहरी १ की सृजना थापा,वडा नम्वर ६ की गीता तिवारी र वडा नम्वर ४ की भीम कुमारी लिम्वूको घरमा पुगेर पोषणयुक्त खाद्यन्न र न्यायो कपडा वितरण गर्नुभएको हो ।

इटहरी अस्पतालमा प्रसुती गराएका महिलाका घरमा महिनाको एक पटक पुगेर पोषणयुक्त खानेकुरा प्रदान गर्ने उपमहानगरको कार्यक्रम अन्र्तगत सुत्केरी भेट्न उपमेयर घर–घर पुग्ने गर्नुभएको छ । लकडाउनकै वेला यसअघि पनि पाँच जना सुत्केरीको घर पुगेर राहत उपलब्ध गराउनुभएको थियो । लकडाउनकावेला श्रीमानहरु प्नि काममा गएर कमाएर ल्याउन नपाउँदा सुत्केरी महिलाले खानै समेत नपाउने अवस्था हुन नदिन उपमहानगर सचेत रहेको उपमेयर गौतमले बताउनुभयो ।

प्रकाशित मिति : चैत्र ३०, २०७६ आईतबार  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]