चैत्र १५, २०८० बिहीबार

प्रकाशकीय : हामी खवरदारीको अग्रमोर्चामा

नयाँ वर्ष २०७७ को प्रवेशसँगै हामीले अखवार प्रकाशनको तेस्रो वर्ष पुरा गरेर चौथो वर्षको शुरुवात गरेका छौ । झापाको बिर्तामोडबाट ०७४ साल बैशाख १ गतेबाट प्रकाशन शुरु भएको इजलास दैनिकले स्थापनाको छोटो समयमा यहाँहरुको भरपुर माया र साथ पाएको छ । टाइम्स मिडिया नेटवर्क प्रा.लिद्वारा इजलास दैनिक प्रकाशित भइरहेको छ । आम पाठकको माया र साथले हामी तिन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेका छौं । प्रकाशनको शुरुवातदेखि समाजमा रहेका विकृति विसंगतीको उत्खनन् र राज्यलाई नागरिकप्रति जवाफदेहि बनाउने प्रयास चलिरहेको अवगत गराउँदछौ ।

अहिले हामी कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन लकडाउनको कार्यान्वयन गरिरहेका छौं । विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोनाबाट नेपाल पनि उत्तिकै जोखिममा छ । यसबाट सुरक्षित हुन हामीले लकडाउनलाई पालना गर्नुको विकल्प छैन । बन्दाबन्दीकै समयमा वार्षिकोत्सव परेको छ । र, यो वर्षको वार्षिकोत्सव आम मानव जातिको जीवन रक्षाको कामना गर्दै मनाएको छौं । यो विसम परिस्थितिले उब्जाएको संकटलाई एकतामा साथ समाधान गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । फेरि, पनि कोरोनाबाट सुरक्षित रहन सबैमा अपील समेत गर्दछौं । स्थापनाको चौथो वर्ष भनेको बाल्यवस्था नै हो । त्यसैले बाल्यवस्थामा हामीलाई कोरोनोको महामारीले थप संकट तर्फ धकेलेको छ । त्यै पनि हामी तफाईहरुको साथबाटै उठ्ने प्रयास गर्ने छौं ।

स्थानीय तहको निर्वाचनको तयारी भइरहेको बेला हामीले पनि अखवार प्रकाशनको तयारी थालेका थियौं । हाम्रो प्रकाशनको पहिलो प्राथमिकतामा जनप्रतिनिधि छनोटमा ख्याल गरौ भन्ने थियो । र, आज पनि जनप्रतिनिधिलाई जवाफदेहि बनाउनुपर्छ भन्ने मान्यतामा छौं । स्थानीय तहमा जनप्रतिनिधि जवाफदेहि नभए नेपाली जनताले प्राप्त गरेको परिवर्तनमा खतरामा पर्नेछ । यसैले हाम्रो पहिलो प्राथमिकतामा परिवर्तनलाई संस्थागत गर्नु हो । त्यसलाई जस्तोसुकै मुल्य चुकाएर पनि खवरदारीको अग्रमोर्चामा हामी उभिनेछौं ।

अहिलेसम्म समाजलाई शान्तिको बाटोमा डोहो¥याउने, विकास निर्माणका सरोकारवालालाई दवाद दिने, भ्रष्टाचारमुक्त समाजको निर्माण गर्ने, शैक्षिक क्षेत्रमा रहेको विकृति र सेवाका नाममा लुट मच्चाउने विरुद्ध निरन्तर कलम चलाइरहेका छौं । र, यहि किसिमले हाम्रो कलम चलिरहनेछ । नागरिकप्रतिको जिम्मेवारीबाट भाग्नेलाई ब्यूँझाउने काम पनि गरिरहेका छौं ।

०७६ सालको शुरुआतबाट हामीले अनलाइन संस्करण शुरु गरेका छौं । युग र समय सुहाउँदो सञ्चार माध्यमको आवश्यकतालाई मध्यनजर गर्दै शुरु गरेको अनलाईन संस्करण आम पाठकको विचमा विश्वसनीय स्रोतको रुपमा विकास भइरहेको छ । सूचनालाई छिटोभन्दा छिटो नागरिकको विचमा पुर्याउन हरपल प्रयासरत छौं । झापा जिल्लाको कान्छो दैनिक अखवार भएर पनि नागरिकको मुद्दा उठाउने सन्दर्भमा हामी अगाडि छौं । यसका लागि तमाम इजलास दैनिकमा आवद्ध कर्मचारी र आम पाठककै भूमिका महत्पपूर्ण छ । जसका कारण हामी सफलताको बाटोमा लम्किरहेका छौं ।

सत्य, तथ्य समाचारका लागि तपाई आम पाठक, शुभचिन्तकले गर्नु भएको भरोसालाई सधैंव पुरा गर्ने र यो वर्षलाई थप रचनात्मक बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं । स्वतन्त्र पत्रकारिताको माध्यमबाट नागरिकको आवाजलाई बोल्ने र लोकतन्त्रलाई मजबुद बनाउने संकल्प अविरल चलिरहने बचन सहित आजसम्म साथ, सहयोग र माया दिनुहने सबैमा आभार प्रकट गर्दै नयाँ वर्ष २०७७ को शुभकामना व्यक्त गर्दछौं ।

सम्पादक – प्रदीप परियार अध्यक्ष – नारायण प्रसाद पोखरेल

टाइम्स मिडिया नेटवर्क प्रालि, बिर्तामोड (झापा)

प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]