बैशाख २०, २०८१ बिहीबार

इजलासले उठाएका समस्या जायज छन् : खनाल

शुभकामना सन्देश –

पत्रकारितामा नयाँ आयाम थपिइरहेका छन् । समयसँगै यो पेशा गर्ने प्रकृति पनि दिन दिनै परिवर्तन हुँदै गइरहेको छ । बाहिरबाट हेर्दा यो पेशा जति सहज देखिन्छ व्यवहारमा त्यस्तो छैन । एउटा गलत अक्षर, शब्द वा वाक्यले मानिसको धारणा परिवर्तन आउँछ, त्यसैले धेरै विचार पुर्याएर गरिने पेशामा पत्रकारिता पर्छ ।

दक्षिण एसियाली मुलुकहरुमा गरिएको पत्रकारिता अभ्यासमध्ये नेपाली पत्रकारिता धेरैले अब्बल मान्ने गरेका छन् । तर हामी कहाँ प्रशस्त कमजोरीहरु छन् । तिनै कमजोरीहरुलाई सच्याउँदै अगाडि बढ्नुको विकल्प पनि छैन ।

झापाली पत्रकारिताको इतिहासका खम्बाहरु हामीसँग अझै पनि ज्युँदै छन् । नयाँ आउने धेरै पत्रकारहरुलाई यो कुराको ज्ञान छैन । अथवा ज्ञान भएर पनि उनीहरुलाई वास्ता छैन ।
एउटा डायरी, कलम, क्यामेरा बोकेर वा बुम तेर्स्याएर पत्रकारिता गरिन्छ भन्ने मानसिकताले गाँजेको अवस्था छ । तर त्यो भन्दा जटिल कुरा लेख्दा पुर्याउनुपर्ने सजगता हो । भाषाको कुरा गर्ने हो भने त केही सामाग्री पढ्दा लाज लाग्छ ।

यो भीडमा इजलास दैनिक तथा अनलाइनले आजदेखि अर्को नयाँ बर्ष टेकेको छ । कोरोना कहरका माझ पत्रकारिता त्यति सहज छैन । अझ छापा माध्यमको अस्तित्व जोगाउन निकै गाह्रो छ ।
इजलासले उठाएका समुदायका कुरा तथा समस्या जायज छन् । हो, हामीले गर्ने पत्रकारिता विशेषतः सर्वसाधारणका लागि हो ।

जनताका आवाज उठाउन इजलासलाई अझ बढी प्रेरणा मिलोस् । जनताको प्रिय आमसञ्चारको माध्यम बनोस् । मेरो समर्थन हिजो पनि थियो भोलि पनि रहनेछ । धेरै धेरै शुभकामना ।

पत्रकार, बिबिसी नेपाली सेवा

प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार  ११ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]