जेष्ठ १६, २०८२ बिहीबार

एक महिनापछि चीनमा एकैदिन सय बढी संक्रमित

एजेन्सी । चीनमा एकैदिन १०८ नयाँ संक्रमित भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

यो पछिल्लो एक महिनामा एकैदिन सय बढी संक्रमित देखिएको पहिलो पटक हो । संक्रमितमध्ये ९८ जनाले विदेशबाट नै संक्रमण बोकेर ल्याएको बताइएको छ ।
यद्यपि, तीमध्ये १० जना स्थानीय रुपमै संक्रमित भएका थिए जसमध्ये सातजना हेलोङझियाङ प्रान्तका छन् भने तीनजना गुवाङदोन प्रान्तका छन् ।

कोरोनाभाइरसको केन्द्रबिन्दु भएपछि चीनमा पछिल्लो एक महिनामा चकत्कारिक रुपमा संक्रमित र मृतकको संख्या कम भएको छ । यहाँका विभिन्न स्थानमा लागू गरिएका लकडाउन पनि खोलिएको छ ।

विदेशबाट आयातित संक्रमणका कारण यहाँ दोस्रो लहरको संक्रमण हुने हो कि भनेर अधिकारी चिन्तित छन् । चीनमा हालसम्म ८२ हजार १ सय ६० जना संक्रमित छन् भने ३ हजार ३ सय ४१ को मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार  ११ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]