बैशाख २०, २०८१ बिहीबार

२ सय ९५ परिवार चिया श्रमिकलाई गाउँपालिकाले दियो खाद्यन्न

अनिल वाग्ले

बुद्धशान्ति । बर्ने चिया कमानका श्रमिकहरुले लकडाउन भएको २१ औं दिनमा राहत स्वरुप खाद्यान्य पाएका छन् ।

बुद्धशान्ति गाउँपालिकाले उनीहरुलाई आज सोमबार खाद्यान्य उपलब्ध गराएको हो । कमानमा चिया टिप्ने २ सय ९५ परिवारका १ हजार १ सय ९१ जनालाई खाद्यान्य उपलब्ध गराइएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताउनु भयो ।

कमानमा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई खाद्यान्य स्वरुप प्रति सदस्य ५ केजी चामल, प्रतिपरिवार २ केजी दाल, एक लिटर तेल, एक केजी नुन र हात धुने सावुन उपलब्ध गराएको उपाध्यक्ष मिरा भूर्तेलले जानकारी दिनुभयो ।

दैनिक कमानमा चिया टिप्ने श्रमिकहरु लक डाउनका कारण काम नभएपछि दैनिक पेट पाल्न समस्यामा परेका छन् । अन्य आम्दानीको स्रोत नभएपछि उनीहरुको दैनिकी दयनीय बन्दै गएको छ । वर्ने चिया कमानमा काम गर्ने अधिकाशं श्रमिक अतिविपन्न वर्गका छन् ।

प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार  ७ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]