जेष्ठ ५, २०८१ शनिबार

मिडिया पनि विचौलियाको कारण मारमा छ : पोखरेल

शुभकामना सन्देश –

इजलास दैनिक तीन वर्ष पूरा गरेर चौथो वर्ष लागेको अवसरमा एउटा पत्रकारको रुपमा अविचलित यात्राको शुभकामना व्यक्त गर्दछु । यो इजलास दैनिकलाई अनलाइनका रुपमा पनि सञ्चालन गरिरहने भाइ प्रदीप परियारलाई उत्तरोत्तर प्रगतिको शुभकामना पनि दिन चाहन्छु । अनि प्रकाशन प्रा.लि.का अध्यक्ष नारायण पोखरेल र सिंगो टिमलाई बधाई भन्न चाहन्छु ।

मोफसलमा रहेर मिडिया चलाउनु ‘भालुको कन्पट’ नै हो । जसरी सबै क्षेत्र विचौलियाबाट आक्रान्त छन्, त्यसैगरी मिडिया पनि विचौलियाको कारण मारमा छ । एक पटक विचौलियालाई कमिसन नदिने हो भने अर्को पटक विज्ञापन नपाउने निश्चित छ । यो अकरिलो परिस्थिति निर्माणमा कथित ठुला भनिएका राजधानीका मिडिया दोषी छन् । उनीहरु लाखौंको विल बनाउँछन्, र ६० प्रतिशतसम्म विचौलियालाई दिन्छन्, अनि हाम्रो समाज काठमाडौंको भनेपछि ठुलो हो भन्ने भ्रममा छ । यस्तो अवस्थामा पत्रिका निकालेर तीन वर्ष पूरा गर्नु चानचुने काम होइन । यो काममा सफता प्राप्त गरेकोमा फेरि पनि बधाई ।

समाचारलाई अभाव, प्रभाव र दवावबाट मुक्त बनाउनु अर्को चुनौती हो । यो चुनौती सामना गर्ने ल्याकत राख्ने प्रदीप भाइ र त्यसबाट मुक्त बनाउन सहयोग पुर्याउने सञ्चालन टीम दुबैको भुमिका उत्तिकै प्रभावकारी भएको मैले ठानेको छु । समकालिन पत्रकार मध्ये साहस मात्र होइन, प्रदीपमा दुस्साहस पनि छ । सानो उमेरमा गरेको परिपक्व काम हो, इजलास दैनिकको सञ्चालन । यसलाई निरन्तरता दिन सफता मिलोस शुभकामना ।

मोफसलमा मिडिया चलाउने हो भने पत्रकार नै सक्रिय बन्नुपर्छ । इजलास दैनिकमा प्रदीपको सक्रियता धेरै समकालिनका लागि अनुकरणीय छ । गरे नहुने होइन, तर गर्न इच्छाशक्ति चाहिन्छ । दक्ष जनशक्ति आजको मिडियाको आवश्यक्ता हो । तर, पत्रकार उत्पादन गर्ने कलेज पनि ‘कर्मकाण्डी’ भन्दा माथि उठ्न सकेका छैनन् । लक्ष्मी र सरस्वती उस्तै मात्रामा सँगै हुँदैनन् । लक्ष्मी रोज्ने कि सरस्वती यो मिडिया सञ्चालकले रोज्ने हो । लक्ष्मी रोज्नेहरुको बाहुल्यता भएको समयमा सरस्वती रोज्नेहरु कठिन अवस्थामा हुन्छन् नै । प्रदीपलाई पत्रकारितामा सरस्वती रोज्ने पत्रकारका रुपमा बुझेको छु । यो बुझाइ सधैं रहने वातावरण बनाउन सफलता मिलोस्, चौथो वर्ष प्रवेशको यो अवसरमा हरेक वर्ष शुभकामना दिने अवसर मिलाउने क्षमता बनोस्, अध्यक्ष नारायण पोखरेल, सम्पादक प्रदीप परियार लगायत सबैमा अभ्यन्तरिक शुभकामना ।

गणेश पोखरेल, केन्द्रीय सदस्य प्रेस संगठन नेपाल, प्रबन्ध निर्देशक रेडियो भिजन

प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]