जेष्ठ १६, २०८२ बिहीबार

भ्याक्सिन बिना कोरोना महामारी रोकिंदैन : डब्ल्युएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना ९कोभिड–१९० भाइरस संक्रमणको महामारी भ्याक्सिन बिना रोक्न नसकिने स्पष्ट पारेको छ ।

डब्ल्युएचओले प्रभावकारी भ्याक्सिनले मात्र कोरोना भाइरसको संक्रमणलाई रोक्ने दावी गरेको छ । अहिलेको सबै उपचार काम चलाउ मात्र भएको बताउँदै भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नियन्त्रणमा आउन नसक्ने डब्लुएचओको निष्कर्ष छ ।

डब्लुएचओका प्रमुख डा। टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिएका छन् ।

उनले भने, ‘हामीलाई थाहा छ कोभिड–१९ तीव्र रुपमा फैलिरहेको छ । हामीलाई थाहा छ यो २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ ।’
सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित बुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ । कोरोनाबाट झण्डै २० लाख मानिस संक्रमित छन् भने एक लाख बढीको ज्यान गइसकेको छ ।

तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन । डब्ल्युएचओले कोरोना भाइरसविरुद्धको खोप तयार गर्नका लागि विभिन्न देशका वैज्ञानिक जुटिरहेको भए पनि यसको नतिजा आउन समय लाग्ने जनाएको छ ।

प्रकाशित मिति : बैशाख २, २०७७ मंगलबार  ९ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]