जेष्ठ १, २०८१ मंगलबार

बलात्कार आरोपमा कोटीहोमबाट धर्मगुरु पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले बलात्कार आरोपमा झापाको कोटीहोमबाट धर्म गुरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम रोङ गाउँपालिका ३ का छत्रबहादुर गुरुङ रहेका छन् ।

उनी छत्र बहादुर गिरी भनेर कोटीहोम बस्दै आएका थिए । पक्राउ परेका धर्मगुरुलाई प्रका अनारमनीमा राखिएको छ ।


गेरुबस्त्र र दारी पालेर साधुको भेषमा कोटीहोममा बस्दै आएका गुरुङले बारम्बार डर र त्रास देखाउँदै बलात्कार गरेको आरोप लागेको छ ।


कोटीहोममै र विभिन्न धार्मिक कार्यक्रमहरुमा जाँदा छत्रबहादुरले आफूलाई बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । ‘बारम्बार बलात्कार हुँदाको पीडा सहन नसकेपछि ती महिला महिला अधिकारमर्की बसन्तलक्ष्मी उदासलाई जानकारी गराएकी थिइन् ।


पीडित महिला दुई सन्तानकी आमा हुन् । केही वर्ष अघिदेखि गुरू मानेर छत्रबहादुरसंगै कार्यक्रममा हिँड्दै आएको अवस्थामा विभिन्न प्रकारका डर त्रास देखाएर बलात्कार गरेपछि महिला मानसिक रुपमा विक्षिप्त बनेको बुझिएको छ ।

महिलाको सोमबार भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपितलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर म्याद थप गरी अनुसन्धान शुरु गरेको डिएसपी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार  ३ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]