बैशाख १४, २०८१ शुक्रबार

काेराेना भाइरस : महामन्दीपछि विश्वका लागि ‘ऐतिहासिक सङ्कट’

काठमाण्डौ – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष विश्वभरका देशको अर्थव्यवस्था तीन प्रतिशतसम्मले खस्किने बताएको छ । आईएमएफले यस वर्ष सन् १९३० को ’महामन्दी’पछि विश्वभरको अर्थव्यवस्थामा दशककै सबैभन्दा खराब गिरावट हुने बताएको हो ।

कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्वलाई ऐतिहासिक सकङ्टतर्फ धकेल्ने आईएमएफले जनाएको छ ।

संस्थाले कोभिड १९ को महामारी लामो समयसम्म रहिरह्यो भने सकङ्टबाट बाहिर निस्कन विश्वभरका सरकारी र केन्द्रीय बैंकहरुको क्षमताको सही परीक्षा हुनेतर्फ ध्यानाकर्षण गराएको छ ।

आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले भनिन्, ‘कोरोना सङ्कटले आउँदो दुई वर्षमा विश्वको कुल गार्हस्थ उत्पादन ९जीडीपी० मा ९ ट्रिलियन डलर घाटा हुन्छ ।’

ऐतिहासिक लकडाउन

यद्यपि आईएमएफले विश्वको अर्थव्यवस्थामा आधारित भएको प्रकाशित गरको वर्ल्ड इकोनोमिक आउटलुकमा बेलायत, जर्मनी, जापना र अमेरिका जस्ता देशले उठाएको ठोस उपायको प्रशंसा गरेको छ । साथै संस्थाले कुनै पनि देश कोरोना भाइरसले निम्त्याउने घाटाबाट बच्न नसक्ने बताएको छ । यदि सन् २०२० को दोस्रो ६ महिनासम्मका कोरोना नियन्त्रण गर्न सके आउँदो वर्ष विश्वको विकास पाँच दशमलव आठ प्रतिशतसम्म रहने आईएमएफले जनाएको छ ।

‘सन् २०२१ मा आंशिक भरपाईको सम्भावना देखिएको छ । तर जीडीपीको दर पहिलेको भन्दा कम हुनेछ । साथै अवस्था कुन हदसम्म पुग्छ, यसमा अझै अनिश्चि देखिन्छ । विकासको यात्रामा निकै खराब नजिता आउने आँकलन गरिएको छ’, गीता गोपीनाथले भनिन् ।

प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]