बैशाख २१, २०८१ शुक्रबार

अध्यक्षको ठाडो निर्देशनले कचनकवलमा सिमा सुरक्षा समिति विघठन

बिर्तामोड । कोरोना भारइरसले त्रसित बनाइरहेको बेला कचनकवल गाउँपालिकाले सिमा सुरक्षा समिति बिघठन गरेको छ । सिमामा सुरक्षालाई व्यवस्थित गर्नुपर्ने समयमा स्थानीय सरकारले राजनीतिक पूर्वाग्रह साँधेर समिति विघठन गरेको आरोप लागेको छ ।

कचनकवल गाउँपालिका २ का अध्यक्ष मेखराज भट्टराई र ३ नम्बर वडाका अध्यक्ष विजय राजवंशीले कुनै कारण नदेखाई सिमा सुरक्षा समिति विघठन भएको पत्र प्रहरीलाई थमाएका छन् । सिमामा प्रभावकारी काम गर्दै आएको सो समितिलाई विघठन गर्न कुनै जरुरी नरहेको स्थानीयको भनाई छ । समिति विघठन भएपछि सिमाको सुरक्षामा चुनौति थपिएको छ ।

कचनकवल गाउँपालिकाको यो कदमले स्थानीय नागरिक र प्रहरीको संयक्त समितिका मनोवल गिरेको बताइएको छ । स्थानीय नवराज भट्टराई भन्छन्, ‘यो राजनीतिक पूर्वाग्रह हो । यो संकटमा कचनकवल गाउँपालिकाले गर्नै नहुने काम ग¥यो । यस्तो बेलामा विवेक नगुमाएको भए हुने थियो ।’

समिति विघठनका बारेमा गाउँपालिकाका अध्यक्ष अञ्जर आलमले भीडभाड ज्यादा हुने भएको जानकारी दिए । भीडभाड नगर्नका लागि समिति विघठन गरेको बताएका छन् ।
यता, वडा नं. २ का अध्यक्ष भट्टराईले गाउँपालिकाका अध्यक्ष आलमको निर्देशनमा समिति विघठन गरेको जानकारी दिए ।

उनका अनुसार सो समिति प्रहरी चौकीको अनुरोधमा स्थानीय नागरिकको सहभागितामा बनाइएको थियो । यस्तै प्रकारको समिति झापाको १६ स्थानमा बनाइएको छ । कचनकवल बाहेक कतै पनि विघठन गरिएको छैन ।

प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार  ११ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]