चैत्र १६, २०८० शुक्रबार

कमलको टोलटोलमा नेकपाको कार्यकर्ता परिचालन

केर्खा । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कमल गाउँपालिकाले पालिकास्तरीय अभियान सञ्चालन गरेको छ ।

अभियानका लागि गाउँपालिका, वडा र टोलटोलमा पार्टी नेता कार्यकर्ताको अगुवाईमा समिति निर्माण गरेर परिचालन गरिएको कमलका इञ्चार्ज शिव ढुङ्गेलले जानकारी दिए ।

ढुङगेलको संयोजकत्वमा गाउँपालिकास्तरीय सचिवालय निर्माण गरिएको छ । सो सचिवालयमा उपसंयोजक प्रताप सुब्बा र सदस्यहरुमा भीम राई, रविन गुरुङ, छवि गुरागाई, पृथ्वि राई र गोविन्द तिवारी रहेका छन् । यसैगरी सचिवालयले ७ वटै वडामा सोहि प्रकृतिको वडास्तरीय सचिवालय बनाएको छ । सचिवालयका संयोजक ढुङगेलका अनुसार गाउँपालिकाभित्र ५४ वटा टोलमा समेत स्वयम सेवकको दस्ता तयार गरिएको छ ।

पालिका, वडा र टोलस्तरीय सचिवालयले कोरोना रोकथाम नियन्त्रणका लागि आवश्यक काम गर्ने जनाइएको छ ।

राज्यद्वरारा निर्देशित स्वास्थ्य मापदण्ड पुरा भए नभएको निगरानी गर्ने, आम नागरिकको विचमा स्वयमसेवाको भुमिका निर्भाह गर्ने, विपन्न परिवारको पहिचान गरी खाद्यको व्यवस्थापन गर्ने, बारिहबाट आएका नागरिकको पहिचान गरी त्यसको विवरण गाउँपालिकालाई उपलबध गराउन सहयोग गर्ने, गाउँपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग गर्न सबैलाई अपील गर्ने लगायतको जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार  २ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]