बैशाख १५, २०८१ शनिबार

पाँचथरमा पेट्रोलियम पदार्थको अभाव

पाँचथर । लकडाउनका कारण आपूर्ति सहज नहुँदा पूर्वी पहाडी जिल्ला पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको समस्या भएपछि अत्यावश्यकीय कामका लागि प्रयोग हुने सवारी साधानसमेत सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् ।

नेपाल आयल निगमको प्रदेश कार्यालय विराटनगरले इन्धन उपलब्ध नगराएको तथा लकडाउनका कारण ट्याङ्कर चालकले भारतबाट पेट्रोलियम पदार्थ ल्याउन नसकेपछि एक सातायता पेट्रोलियम पदार्थको अभाव भएको पेट्रोलपम्प सञ्चालक बताउँछन् ।

पेट्रोलियम पदार्थको मूल्य घटेकाले मूल्य बढाएर कालोबजारीमा बिक्री गर्न पेट्रोलियम पदार्थ लुकाइएको आशङ्का गरिएको छ । परिस्थिति सहज नहुञ्जेल सहज आपूर्ति गर्न नसक्ने पम्प सञ्चालक टोलेन्द्र तामाङले बताए ।

प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार  ४ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]